काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध पार्टी कार्यालयमा बोलाएर नक्कली पीडित खडा गर्न खोजिएको आरोप लगाएका छन्। उनले नक्कली पीडित खडा गरेर किर्ते र जालसाजी गर्ने व्यक्तिलाई खोजेर कारबाही गर्ने चेतावनी पनि दिए।
उनले नक्कली पीडित खडा गराउने र नक्कली जाहेरी लेख्ने विषयमा आफू जानकार भएको बताए।
‘केही पार्टी कार्यालयमा नक्कली र तथाकथित पीडितहरूलाई बोलाएर, तथाकथित जाहेरी लेखेर मेराविरुद्ध जाहेरी दिने तयारी गरिएको छ। कुन पार्टी कार्यालयमा त्यस्तो काम भइरहेको छ, मलाई जानकारी छ। त्यस्ता किर्ते र जालसाजी काम नगर्न आग्रह छ। नक्कली पीडितहरूलाई खडा गराउनेहरूलाई पत्ता लगाएर कारबाही गरिनेछ, ’उनले भने।
गृहमन्त्री लेखकले आफूप्रति राजनीतिक प्रतिशोध नसाँध्न आग्रह पनि गरे।







