२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यसचिव अर्यालको काठमाडौँ प्रशासनमा आकस्मिक अनुगमन : सेवाग्राहीलाई प्राथमिकता दिन कडा निर्देशन

अ+ अ-

काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले जिल्ला प्रशासन कार्यालय, काठमाडौँको आकस्मिक अनुगमन गर्दै सेवाग्राहीको सुविधालाई पहिलो प्राथमिकता दिन कर्मचारीहरूलाई कडा निर्देशन दिएका छन्। अनुगमनका क्रममा उनले सेवा प्रवाहको अवस्था, कर्मचारीको कार्यशैली र सेवाग्राहीले भोग्दै आएका समस्याबारे विस्तृत जानकारी लिए।

मुख्यसचिव अर्यालले कर्मचारीहरूको हालको कार्यप्रति प्रशंसा व्यक्त गर्दै विगतमा आफू प्रमुख जिल्ला अधिकारी हुँदादेखि कायम रहेका केही समस्याहरू अझै नसुल्झिएको बताए । उनले भने, “काठमाडौँ जनसङ्ख्याको दृष्टिकोणले मुलुककै सबैभन्दा ठुलो जिल्ला हो । यहाँका सेवाग्राहीमा ‘अन्यत्र समाधान नभएको समस्या सिडिओ कार्यालयले सम्बोधन गर्छ’ भन्ने गहिरो विश्वास छ । तर, कहिलेकाहीँ अपेक्षाअनुरूप सेवा नपाउँदा जनतामा नकारात्मक धारणा बन्ने गरेको छ । यो कार्यालयले अन्यत्र समाधान नभएका कामलाई प्राथमिकतामा राखेर तत्काल निकास दिनुपर्छ ।”

उनले सेवाग्राहीको अपेक्षा पूरा गर्न कर्मचारीहरूले थप संवेदनशील र जिम्मेवार हुनुपर्नेमा जोड दिए । “स्थानीय तह वा अन्य कार्यालयमा समाधान नभएका कामको अन्तिम गन्तव्य सिडिओ कार्यालय बन्ने गरेको छ । यो विश्वासलाई कायम राख्न हामीले सेवा प्रवाहलाई चुस्त, पारदर्शी र प्रभावकारी बनाउनुपर्छ,” उनले थपे ।

मुख्यसचिव अर्यालले कर्मचारीको मानसिकता सरकारमुखीबाट सेवामुखी बनाउनुपर्ने आवश्यकता औँल्याए । “नागरिकसम्म पुग्ने सरकारको प्रतिनिधि कर्मचारी नै हुन् । उनीहरूको उत्साह र सेवाप्रति समर्पणले मात्र जनविश्वास जित्न सकिन्छ,” उनले भने । सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन जनशक्ति वृद्धि, आधुनिक उपकरणको व्यवस्था र कर्मचारीको मनोबल उच्च राख्ने वातावरण निर्माणमा जोड दिनुपर्ने उनको भनाइ छ ।

सो क्रममा काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले अहिलेसम्म भएका सुधारहरूबारे जानकारी गराउँदै मुख्यसचिवज्यूले दिएका निर्देशनहरूलाई अक्षरशः पालना गर्दै सुशासन र सेवा प्रवाहमा सुधार गर्दै जाने प्रतिबद्धता जनाएका छन् । 

पछिल्लो समय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कानुनी व्यवस्थाको कडाइका साथ कार्यान्वयनमा जोड दिँदै आएको छ । कर्मचारी व्यवस्थापनदेखि सेवा प्रवाहसम्मको सुधारमा देखिएको प्रगतिले सकारात्मक सन्देश प्रवाह गरेको छ । यद्यपि, नागरिक स्तरबाट कर्मचारीको सेवा प्रवाहप्रति गुनासो कायमै छ । भिडभाड हुने कार्यालयहरूमा जनशक्ति र प्रविधिको अभावले सेवा प्रभावित भएको गुनासो बढ्दो छ ।