२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कला संस्कृति र पर्यटन प्रवर्द्धन गर्न ‘सिनेमा संवाद’

अ+ अ-

सुदूरपश्चिम । चलचित्रमार्फत स्थानीय कला, संस्कृतिको उजागर गर्दै पर्यटन प्रवर्द्धनमासमेत टेवा पुर्‍याउन सकिनेमा धनगढीमा आयोजित ‘सिनेमा संवाद कार्यक्रम’मा जोड दिइएको छ ।

 संवाद कार्यक्रममा सुदूरपश्चिम प्रदेश चलचित्रले उठाउन सक्ने कथावस्तु र छायाङ्कनका लागि ‘भर्जिन’ क्षेत्र भएकाले यस क्षेत्रका कला, संस्कृतिलाई समेटेर सिनेमा निर्माण हुनुपर्ने, पर्यटकीयस्थललाई सिनेमामार्फत् प्रचारप्रसार गर्नुपर्नेमा पनि जोड दिइएको छ ।

 कार्यक्रममा कलाकार चलचित्रकर्मी, दर्शक, विद्यार्थी, पत्रकार र कलाकारबीच चलचित्र निर्माण, सन्देश, सामाजिक प्रभाव, स्थानीय पर्यटन बजारका चुनौती र सिनेमा समाजको सम्बन्धबारे बहस एवं छलफल गरिएको छ । नेपाली ‘सिनेमा’ नवीन पुस्ता र नवीवन दृष्टिकोणका विषयमा भएको संवादमा पछिल्लो समयमा नेपाली चलचित्रमा आइरहेका नयाँ पुस्ताको अवसर चुनौतीका साथै बदलिँदो प्रविधिले पारिरहेको प्रभावका बारेमा पनि बहस केन्द्रित भएको थियो । 

यो संवादमा नायिका उपसना सिंह, ठकुरी, अभिनेता दिव्यदेव पन्त र चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर वली र निलम चन्दले बहस गरेका थिए । ‘सिनेमा’मा सुदूरपश्चिमको इतिहास र संस्कृति विषयमा भएको बहसमा पत्रकार सीताराम ओझा, साहित्यकार हेमन्त विवस ,चलचित्र निर्देशक नवल नेपाल र अभिनेता पुष्प खड्काले भाग लिएका थिए । 

यो संवाद चलचित्रमा उठान गर्न सकिने सुदूरपश्चिमका विषयवस्तु र कथाहरूको बारेमासमेत छलफल गरिएको थियो । सो अवसरमा चलचित्र निर्देशक नेपालले सुदूरपश्चिमको मौलिक विषयमा सोही ठाउँका रमणीयस्थलमा छायाङ्कन गर्नेगरी चलचित्र निर्माण गर्ने घोषणा गरे । टेली भाषा सिनेमा र सङ्गीतको विषयमा छलफल भएको अर्को शत्रमा पत्रकार सीताराम ओझा, गीतकार हर्क साउद, देउडा गायक नरेन्द्रराज रेग्मी, पत्रकार उमीद बाग्चन्दलले भाग लिएका थिए। बहसमा देउडा गीत सङ्गीत र त्यसको मौलिकताको विषयमा समेत छलफल भएको थियो ।

 सिनेमा संवादको चौथो सत्रमा सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा सिनेमाको भूमिका विषयमा भएको बहसमा पत्रकार टकेन्द्र देउवा, कलाकार सरस्वती खड्का, डोटेली भाषाको चलचित्र गौरीका निर्माता खड्कबहादुर मल्ल, थारु चलचित्रका अभिनेता प्रेम चौधरीले भाग लिएका थिए । 

 सुदूरपश्चिमको परिचय बोकेका दोधारा चाँदनीको झोलुङ्गे पुल, अपि र शैपाल हिमाल, खप्तड क्षेत्र, कर्णाली पुल, रमारोशन, कञ्चनपुरको शुक्लाफाँटा, जस्ता पर्यटकीय क्षेत्रलाई ‘सिनेमा’ले समेट्दा स्थानीय पर्यटन प्रवर्द्धनमा पर्ने प्रभावका बारेमा पनि यो शत्रमा छलफल भएको थियो । 

आयोजक चलचित्र पत्रकार संघ नेपाल, कैलालीका अध्यक्ष पुष्पराज जोशी र जेडिएशोसियट्सका प्रमुख दिनेश भण्डारीले प्रदेशमा पहिलो पटक भएको संवाद कार्यक्रमले स्थानीय कला, संस्कृतिको संरक्षण सम्वद्र्धनमा योगदान दिन टेवा पुर्‍याउने बताए । 

कार्यक्रमको शुभारम्भ गर्दै डोटीको जोरायल गाउँपालिका अध्यक्ष दुर्गदत्त ओझाले ‘सिनेमा संवाद’ कार्यक्रम सहरमुखी मात्र नभई गाउँ केन्द्रित गर्न आग्रह गरेका थिए ।