२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभापति देउवाद्वारा नेता शास्त्रीको निधनप्रति दुःख व्यक्त

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालेले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं समाजवादी चिन्तक ढुण्डिराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गरेका छन्।

शास्त्रीको काठमाडौँ मेडिकल कलेज, सिंनामंगलमा उपचारका क्रममा ९० वर्षको उमेरमा आज बिहान निधन भएको हो ।

सभापति देउवाले शोक विज्ञप्तिमार्फत शास्त्रीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

शास्त्री नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा, सरल र निष्ठावान राजनीतिज्ञ, समाजवादी चिन्तक रहनुभएको पार्टी कार्यालयले जनाएको छ । काँग्रेसले संगठन निर्माण र प्रजातान्त्रिक आन्दोलनहरूमा उनले पुर्‍याएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहने उल्लेख गरेको छ ।

प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा शास्त्रीको पार्थिव शरीरलाई यही असार ४ गते बिहान ९:०० बजेदेखि ११:०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने कार्यक्रम छ ।

काँग्रेसको राजनीतिमा जननायक विपी कोइराला, लौहपुरुष गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालगायतका शीर्ष नेताहरूसँग निकटमा रहेर उनले काम गरेका थिए।

प्रजातन्त्र पुन:स्थापनाको संघर्षका क्रममा भारतको वनारस र गोरखपुरमा उनले लामो समय प्रवासी जीवन बिताएका थिए।

शास्त्री आम निर्वाचन २०४८ र २०५१ मा अर्घाखाँची निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

नेपालमा प्रजातन्त्र स्थापना तथा पुन:स्थापनाका क्रममा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेको थिए।

शास्त्रीद्वारा लिखित ‘मेरो जीवन र अनुभूति’ नामक पुस्तक प्रकाशित छ । नेपाल सरकारद्वारा स्थापित विपी कोइराला राष्ट्रिय पुरस्कार २०७९’ (राजनीतिक दर्शन क्षेत्र) पुरस्कारद्वारा शास्त्री सम्मानित भएका थिए । शास्त्री ‘सहिद स्मृति प्रतिष्ठान’ का संरक्षक तथा संस्थापक अध्यक्ष थिए ।

उनको निधनबाट काँग्रेसले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको जनाइएको छ ।