२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘दुई बुँदे सहमतिपछि ‘प्रचण्ड’को हुलाकी र मध्य पहाडी लोकमार्ग घुमफिर गर्दा गरेको दुःख धुलिसात् भयो’-सूर्य थापा

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेका सांसद सूर्य थापाले भिजिट भिसा प्रकरणमा सरकारसँग दुई बुँदे सहमति गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पखेटा काटिएजस्तै भएको टिप्पणी गरेका छन्।

यो सहमतिपछि हुलाकी र मध्य पहाडी लोकमार्ग घुमफिर गर्दा गरेको दुःख पनि धुलिसात् भएको बताए।

उनले भनेका छन्, ‘दुई बुँदे सहमतिपछि प्रचण्डको विगत छ-सात महिनादेखि पलाएको पखेटा काटिएजस्तै भएको छ। म त असाध्यै लोकप्रिय भएको छु भन्दै हुलाकी र मध्य पहाडी लोकमार्ग घुमफिर गर्दा गरेको दुःख पनि धुलिसात् नै भयो। आफैलाई हेर्दै मुस्कुराउँदै दंगा पर्दै गरेको ऐना पनि झर्यामझुरूम भयो, फेरि हेरेर हाँस्न र रुन नमिल्ने गरी !’

माओवादी केन्द्रकै नेता-कार्यकर्ताले आजकल नेतृत्वको श्रद्धा नभई श्राद्ध गरिरहेका तर्क गरे।

उनले थपेका छन्, ‘अनि, २०८४ मा बहुमत नै आउने त भयो, होइन ! तर २७५ को बहुमत १३८ होइन, ३२ को बहुमत १७ सम्म, १७ को बहुमत ९ त आउला भनेर कामना गरौँ ।’

जुनसुकै राजनीतिक पार्टीको गलत माग र जबरजस्तीको परिणाम अन्ततः सम्झौता गर्दासमेत ‘प्रचण्ड’को जस्तो र अझ अघि बढ्दा त झन् रास्वपाको संसद् बैठकभित्र जारी पलेँटी कसेजस्तो त हुने बताए।

उनले रास्वपालाई भनेका छन्, ‘एक दिनभरि उभिएर नारा लगाउन पनि नसकी थचक्क बस्नुपर्ने र भुईँमा निदाउनु पर्ने बोइलरहरूले के तमासा गर्नु बजेट छलफललाई अवरोध गरेर रु त्यसै रत्नपार्क, कलंकी र पोखराको चिप्लेढुंगामा नारा जुलुस गरेजस्तो नगरी कुर्सीमा बस्नुस् भनिएको होइन नि !’