२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रक्रिया पूरा गरी आँधिखोलाबाट निर्माण सामग्री निकालिएको हो’-वालिङ नगरपालिका

अ+ अ-

काठमाडौँ । स्याङ्जास्थित आँधिखोलामा गिट्टी, बालुवा र ढुंगा निकाल्न दिइएको विषयले विवाद भएपछि वालिङ नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन् गर्न नियम पुरा गरेर भएको जानकारी गराएको छ ।

आँधिखोलामा नदीजन्य पदार्थ उत्खननको विरोधमा मंगलबार कार्यक्रम हुँदा वडा नम्बर १० का वडाध्यक्ष सुनिल खनाल कुटपिटमा उत्रेका थिए ।

खनाल र उनी निकटका व्यक्तिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मेघ आले र नेतृत्व क्षमता विकास विभागका सदस्य दिनकर नेपाललाई कुटपिट गरेका थिए । नेपालको हातमा चोट लागेको थियो भने हेलमेट फुटेको थियो ।

नदीजन्य पदार्थको उत्खननको विषयलाई लिएर विवाद भएपछि नगरपालिकाले सूचना जारी गरेर स्वीकृति लिएर गिट्टी, बालुवा र ढुंगा गरिएको जानकारी गराएको छ ।

वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसार आँधिखोला छेउछाउका बस्तीहरूमा जोखिम हुन सक्ने सम्भावना समेतलाई ध्यानमा राखी मेशिन प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन् गर्न जिल्ला विपद् व्यवस्थापन समितिसँग अनुमति माग गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन सहितको अनुगमन टोलीले २५०० घनमिटरसम्म उत्खनन गर्न स्वीकृति दिइएको तर ३०७३ घनमिटरसम्म उत्खनन गरेको पाइएको नगरपालिकाले जानकारी गराएको छ ।

तोकिएको मापदण्डभन्दा बढी ‘३०७३ घनमिटर उत्खनन् भएको पाइएकोले बढी भएको सामग्रीलाई मिति २०८२।०२।२९ गतेको राजश्व परामर्श समितिको बैठकले जरिवाना सहित थप राजश्व लिई ढुवानी गर्न कार्यादेश दिने निर्णय भएको’ नगरपालिकाले सूचनामा उल्लेख गरेको छ ।

सूचना :