२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बुटवललाई पर्यटकीय विश्रामस्थल बनाइने

अ+ अ-

काठमाडौँ । बुटवल उपमहानगरपालिकाले बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउन लुम्बिनी आउने बौद्ध धर्मावलम्बी र मुक्तिनाथ जाने हिन्दु धर्मावलम्बीको विश्राम स्थलका रूपमा स्थापित गर्ने नीति सार्वजनिक गरेको छ । 

नगरप्रमुख खेलराज पाण्डेयले आज नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बुटवललाई विश्रामस्थल बनाउन अन्य स्थानीय तहसँग सहकार्य गरी पर्यटक आगमन वृद्धि गर्ने र बुटवलका पर्यटकीय स्थलको प्रवर्द्धन गर्ने नीति लिइएको घोषणा गरेका छन्। 

यस्तै बुटवललाई दक्ष जनशक्ति उत्पादनमा विशेष जोड दिने लक्ष्यसहित आगामी आर्थिक वर्षका लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बुटवललाई सीप तथा रोजगारमा विशेष जोड दिएको नगर प्रमुख पाण्डेयले बताए । उनले बुटवलमा सीपसहितको जनशक्ति र रोजगार सिर्जनाका लागि पर्याप्त लगानी गर्ने गरी नीति तयार गरेको बताए । नीति तथा कार्यक्रममा बुटवलवासीको उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थको शुल्क हटाउन रक्तसञ्चार केन्द्रलाई उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिइनेछ । 

बुटवलका गृहिणी महिलालाई रोजगारसँग जोड्दै स्वरोजगार बनाउन नगरप्रमुख गृहिणी महिला रोजगार कार्यक्रमअन्तर्गत उत्पादित वस्तुको उत्पादन र बिक्री केन्द्र (कोसेली घर) स्थापनामा जोड दिइने उल्लेख छ । त्यसरी उत्पादन भएका सामग्रीलाई नगरको चिनोका रूपमा उपयोग गर्ने नीति लिइनेछ । 

गृहिणी महिलालाई एकजुट बनाई सीप र व्यवसायका माध्यमबाट आर्थिकोपार्जनमा अगुवाइ गर्ने नीति लिइने र गृहिणी महिला रोजगार कार्यक्रमअन्तर्गत टोल, वडा तथा नगरस्तरीय सञ्जाल र सीप तथा रोजगार परिषद् गठनको नीति लिइने कार्यक्रम सार्वजनिक गरिएको छ । यस्तै बुटवल वडा नं ७ स्थित शिवनगरमा रहेको गौशालाको व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै बुटवल–१२ चारपाला सामुदायिक वनमा बहुउद्देश्यीय कामधेनु गौशाला तथा अन्य आवश्यक स्थानमा गौशाला स्थापना गरिने घोषणा गरिएको छ । 

साथै, नवलपरासीको बर्दघाटदेखि दाङसम्मका सडकमा रहेका छाडा पशु चौपायाको व्यवस्थापनका लागि गाई राष्ट्रिय निकुञ्ज निर्माण गर्न लुम्बिनी प्रदेश सरकार र सम्बन्धित स्थानीय सरकारसँग समन्वय गरिनेछ । यस्तै बुटवलको योगीकुटीदेखि चिडियाखोलासम्म, रामनगरदेखि तामनगरसम्म, बेलबास-बेथरी सडक, तामनगर-शुद्धोधन सडकलाई उज्यालो र हरियाली सडकका रूपमा सौन्दर्यीकरण गरिने घोषणा गरिएको छ । 

‘घुमौँ बुटवल’ अभियानअन्तर्गत यसै आर्थिक वर्षलाई बुटवल भ्रमण वर्ष घोषणा गरी आन्तरिक र बाह्य पर्यटकको आगमनलाई वृद्धि गर्न अभियान सञ्चालन गरिनेछ । पर्यटकीय स्थलको पहिचानलाई व्यापक बनाउन आवश्यक स्थानमा डिजिटल डिस्प्ले र प्रचार सामग्री निर्माण गरिनेछ । बुटवललाई पर्यटकीय विश्राम स्थलका रूपमा स्थापित गर्न बुटवलदेखि मुक्तिनाथ, लुम्बिनी, बाँके-बर्दिया राष्ट्रिय निकुञ्ज, सुपादेउराली, रेसुंगा, पाल्पा, चितवन, त्रिवेणी, रिडी, भैरवस्थान, रानीमहल, आलमदेवी, सेतीवेणीजस्ता पर्यटकीयस्थलसम्मको यात्रा तथा बुटवल–चितवन–पोखरा त्रिकोणीय पर्यटन प्रवर्द्धनका लागि आवश्यक अभियान सञ्चालन गरिने बताइएको छ । 

बुटवलका महत्वपूर्ण पर्यटकीयस्थल जितगढी किल्ला, युद्ध सङ्ग्रहालय, पुरानो बुटवल क्षेत्र, मणिमुकुन्दसेन उद्यान, हिलपार्क, मिलनपार्क, पिस पार्क, सिद्धबाबा धाम, मुक्तिनाथ धाम, नीलकण्ठबाबा धाम, नरैनापुर धाम, बैठौलिया ताल, वाटरपार्क, थारु सङ्ग्रहालय, भैरव पार्क, पाणिनी पार्क, लक्ष्मी पार्कलगायत अन्य ऐतिहासिक, धार्मिक, सांस्कृतिक पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न आवश्यक कार्यक्रम सञ्चालन गरिनेछ । 

बुटवल–नुवाकोट क्षेत्रमा पैदलमार्ग निर्माण गरी शिवपार्कका रूपमा स्थापित गरिनेछ । कर्णेल उजिरसिंह पार्क तथा रामापिथेकस पार्क निर्माण तथा हिलपार्कमा बुद्ध मूर्ति स्थापनाका लागि पहल गरिने उल्लेख छ ।