२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योगलाई दिनचर्या बनाउन प्रधानमन्त्रीको आग्रह 

अ+ अ-

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले योग मानव जीवनको वैज्ञानिक बहुआयामिक पक्ष भएकाले यसलाई दिनचर्या बनाउन आग्रह गरेका छन् । 

‘सिङ्गो पृथ्वी र मानव स्वास्थ्यका लागि योग’ भन्ने नाराका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित ११ औं विश्व योग दिवस २०२५ लाई सम्बोधन गर्दै  प्रधानमन्त्री ओलीले योग मानव जातिको कल्याण, विश्वशान्ति, समृद्ध नेपाल, सुखी नेपाली  निर्माणका लागि नेपालले गर्ने कार्य हो भने । 

‘योगका आठ वटा सूत्रहरूमध्ये अथक योग अनुशासन आवश्यक छ, आज नेपाली समाज अनुशासनबाट पीडित छ, अनुशासनविना ध्यान हुँदैन, राम्रो कुराहरूमा स्थिरता हुनु नै योगको निष्कर्ष हो, मतिबुद्धिसहितको योग आवश्यक छ, जिम गएर ज्यानमा ठूलाठूला मसल बनाएर मात्रै हुँदैन, विवेकबिना योग हुँदैन।’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले हामीले योगलाई दैनिकचर्यासँग जोडेर हरेकलाई योगी बनाउन खोजेका हौँ भन्दै आरोग्यताको कुरा गर्दा खानपान, योग र आरामको सन्तुलनलाई ध्यान दिनुपर्नेमा जोड दिए ।

‘पेट भर्नका लागि हैन, स्वास्थ्यका लागि विषादीरहित खानामा ध्यान दिनुपर्छ, हामीलाई डक्टर र अस्पताल पनि चाहिन्छ, तर योग र ध्यान पनि चाहिन्छ, डाक्टर चाहिन्छ धेरै डाक्टर उत्पादन गर्छौ, तर डाक्टरको संख्या बढाउने भन्दा बढी रोगीहरूको संख्या घटाउनेमा ध्यान दिनुपर्छ, त्यसकारण निरोगी नेपाल सफल हुन्छ, म प्रधानमन्त्री हुने बित्तिकै निरोगी नेपालको नारा दिएँ, निरोगी नेपालको अर्थ रोग लाग्नै नदिने भनेको हो। ‘उनले भने ।

उनले मानिसको जीवनमा लागू गर्नुपर्ने कुरा अहिंसा, सत्य, अनुशासन र स्वस्थ्यतासहितको खुसी हो भने ।

‘आज विश्वलाई शान्ति चाहिएको छ, हिंसा होइन अहिंसा चाहिएको छ, यही कुरा हतियारधारी र अहंकारधारीहरुले बुझिदिए भने शान्ति हुन्छ, म पवित्र भावले काम गर्छु, मौका पाएका बेला देशको सेवा गर्छु, नपाएको वेला पवित्र भावना राख्छु, योगले स्वास्थ्यसँग, शरीरसँग, मनसँग र समाजसँग सम्बन्ध राख्छ । योग घरमै बसेर गर्न सकिन्छ आफू पवित्र रहनुस्, पवित्र सोच्नुस्, अरूको सम्पत्तिमा लोभ नगर्नुस्।’ उनले भने।

प्रधानमन्त्री ओलीले योग र ब्रम्हाचार्य भनेको समाजले दिएको जैविक र मानवीय आवश्यकता नै पूरा नगर्ने भन्ने हैन भने। 

‘समाजको मान्यताभित्र रहेर बस्नु पर्छ,कानूनभन्दा पहिला समाजले थिति बसाएको हुन्छ, ती थितिहरुलाई मानेर समाज सुखमय हुन्छ, मुटुलाई स्वास्थ्य राख्न शरीरलाई चलायमान बनाउन आवश्यक छ, त्यसका लागि योग चाहिन्छ, लापरबाही जीवन बिताएर आफू खराब हुने र भगवानलाई दोष दिएर डक्टरकोमा जाने भन्दा योग र ध्यानलाई जोड दिएर खुसी जीवन बिताउनेमा ध्यान दिनुपर्छ ।’ उनले भने ।