२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘व्यस्त जीवनशैलीलाई योगामार्फत व्यवस्थित गरौँ’: मुख्यमन्त्री सिंह

अ+ अ-

पर्सा । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो व्यस्त जीवनशैलीलाई योगामार्फत व्यवस्थित गर्न आह्वान गरेका छन् । 

भारतको महावाणिज्य दूतावास वीरगञ्जद्वारा आज यहाँ आयोजित अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा मुख्यमन्त्री सिंहले योगामार्फत विभिन्न खालका रोगका उपचार पनि हुँदै आइरहेको पनि उल्लेख गरे ।

“मानव कुनै न कुनै किसिमको तनावबाट गुज्रिने भएकाले पनि योगाको आवश्यकता बच्चादेखि वृद्धसम्म अत्यन्त जरुरी भइसकेको छ”, उनले भने, “भाग दौड र व्यस्त जीवनशैलीले मानिस आफ्नो स्वास्थ्यलाई ध्यान दिन नसक्दा विभिन्न किसिमका रोगको समस्या देखिएको छ । त्यसैले योगमार्फत रोगलाई जित्न सकिने भएकाले सोतर्फ लाग्न अनुरोध गर्दछु ।”

मुख्यमन्त्री सिंहले तनावयुक्त अवस्थाबाट गुज्रिरहेको परिपेक्षमा आफ्नो दिनको सुरुआत योगबाट गरेमा धेरै हदसम्म तनाव व्यवस्थापन गर्न सकिने बताए । 

“बच्चादेखि वृद्धसम्म कामले होस् या पढाइले तनावबाट गुज्रिरहेको अवस्था छ । व्यस्त जीवनशैलीमा बिहानको समयमा योगा गरेर भए पनि आफ्नो स्वास्थ्यलाई केही हदसम्म भए पनि स्वस्थ र फुर्तिलो गराउन पहलकदमी गर्न आवश्यक छ”, उनले भने, “योग प्राचीनकालदेखि अभ्यास हुँदै आइरहेकाले त्यसलाई सबैले अनुशरण गर्न जरुरी छ ।” 

भारतको महावाणिज्य दूतावासका महावाणिज्य दृत देवी सहाय मिनाले अहिलेको सन्दर्भमा योगको महत्त्व दिनानुदिन बढ्दै गइरहेको बताए ।

त्यस्तै गरी प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय वीरगञ्जले आज यहाँ विविध कार्यक्रम गरेर ११औँ अन्तर्राष्ट्रिय योग दिवस २०८२ मनाएको छ । कार्यालय प्रमुख डा. शिवनारायण गुप्ताले योगको महत्त्व अझै बढ्दै गइरहेको बताए । “योगले शारीरिक ,मानसिक रूपमा स्वस्थ हुन महत्त्वपूर्ण योगदान पुर्‍याउने गर्छ”, उनले भने ।