२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसदको आवाज सुनेर बजेट संशोधन गर्न सांसद खतिवडाको माग  

अ+ अ-

काठमाडौँ । सत्तारुढ काँग्रेस सांसद रामहरि खतिवडाले बजेट संशोधन गर्नुपर्ने माग गरेका छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा सांसद खतिवडाले संसद्‌मा छलफल भएपछि सांसदले उठाएका विषयवस्तु समेट्नका लागि बजेट संशोधन गर्नुपर्ने बताए । 

सरकारले ल्याएको बजेटमा संसद्‌मा जति छलफल गरे पनि संशोधन गर्नै हुन्न भन्ने परम्परा परिवर्तन गर्नु आवश्यक रहेको खतिवडाको भनाइ थियो ।

‘जनताबाटै निर्वाचित प्रतिनिधि मन्त्री हुनुभएको छ, यसलाई ख्याल गरेर बजेट निर्माण गर्ने परम्पराको सुरुवात भइदिएदेखि हामी असाध्यै खुसी हुने थियौँ । बजेटमाथि यत्रो आवाज उठ्छ, यसमा ‘कमा, फूलस्टप’ परिवर्तन गर्न हुँदैन भन्ने धारणा छ, यो परिवर्तन गर्नुपर्छ । सांसदको आवाजलाई सुनेर बजेटमा परिवर्तन गर्नुपर्छ, परिवर्तन गरियोस्, ’उनले भने, ’बजेटमा छलफल गरिसकेपछि जस्ताको तस्तै पास गर्नपर्छ भन्ने भावना ठिक होइन । पहिले नै छलफल गरेर बजेट ल्याएको भए सांसदले, स्थानीय जनप्रतिनिधिबाट र मन्त्रीले सांसदबाट आलोचना सुन्नु पर्दैनथ्यो । त्यसैले यसलाई संशोधनको बाटोमा लाने प्रयास सुरु होस् ।’

सांसद खतिवडाले बजेट निर्माण पहिले नै संसद्‌मा छलफल गर्नुपर्ने परिपाटीको सुरुवात गर्नुपर्ने बताए ।

त्यस्तै, सांसद खतिवडाले अर्थ मन्त्रालयको बहुवर्षीय योजना सम्बन्धी नीति र व्यवहारले समस्या उत्पन्न गरेको बताए । ‘अहिले अर्थ मन्त्रालयले नीति ल्याएको रहेछ, पाँच करोडभन्दा कमको योजनालाई बहुवर्षीयमा नलाने, ’उनले सोधे, ’अर्थमन्त्रीज्यू, बजेट दिँदा तीन करोडको भनेर दिने, पाँच करोडभन्दा तलकोलाई बहुवर्षीयमा नलाने भए त ठूलो हाल्नेको मात्रै जाने भयो बहुवर्षीयमा त । मन्त्रीहरूको मात्रै जाने भए सांसदका नजाने भए ।’

मन्त्रीहरूले मनलाग्दी बजेट विनियोजन गरेको पट्टी सरकारको ध्यानाकर्षण हुनुपर्ने सांसद खतिवडाको भनाइ थियो । ‘बजेट हेर्ने हो भने कोही ससुरालीको बाटोमा हालिएको, कोही जेठी सासुको घरतिर जाने बाटोमा हालिएको, कोही सालीकोतिर पनि हालिएको जस्तो देखिएको छ, कुनै-कुनै मन्त्रीहरूले । यो परम्परा नहोस् । सबैलाई समान रूपमा वितरण होस् । मन्त्रीको मात्रै होइन देशको लागि बजेट वितरण गर्ने हो, ’उनले भने ।