२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेयर धितो कर्जाको एकल ग्राहक कर्जा सीमा खारेज गर्न सुझाव

अ+ अ-

काठमाडौँ । सेयर लगानीकर्ताले एकल ग्राहक कर्जा सीमा हटाउन केन्द्रीय बैंकलाई सुझाव दिएका छन् ।

आगामी आर्थिक वर्ष मौद्रिक नीतिमार्फत एकल व्यक्ति कर्जा सीमाको व्यवस्था हटाउन उनीहरूले राष्ट्र बैंकलाई सुझाएका हुन् ।

बैंक तथा वित्तीय संस्थाले व्यक्तिगततर्फ प्रदान गर्ने एकल परिवार १५ करोडको सीमा छ । सेयर लगानीकर्ताले यसलाई पूर्णरूपमा खारेज गर्न केन्द्रीय बैंकलाई सुझाएका छन् । यसले लगानीकर्ताको पहुँच र विश्वस्त वातावरण निर्माणमा मद्दत गर्ने उनीहरूको दाबी छ ।

त्यसैगरी लगानीकर्ताले लघुवित्त संस्थाको लाभांश वितरण सम्बन्धमा समेत केन्द्रीय बैंकलाई सुझाव दिएका छन् । लघुवित्त संस्थालाई १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने व्यवस्था खुला बजार अर्थनीति विपरीत भएकाले हटाउन सुझाएका छन् । लघुवित्त संस्थाहरूलाई कार्य सम्पादनमा पूर्ण स्वतन्त्रता प्रदान गर्नुपर्ने लगानीकर्ताको सुझाव छ ।

हालको व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो प्राथमिक पूँजीकोषको पूँजीबजारमा लगानी गर्ने सीमालाई परिमार्जन गरी बैंक तथा वित्तीय संस्था ऐन २०७३ मा व्यवस्था भए बमोजिमको सीमा कायम गरिनुपर्ने लगानीकर्ताको सुझाव छ ।

त्यसैगरी गैरआवासीय नेपाली (एनआरएन) ले नेपालको पूँजीबजारमा लगानी गर्न चाहेको तर हालको विद्यमान कानुनी अड्चनले उक्त निवेश सहितको नाफा पुन फिर्ता लैजान नसक्ने अवस्था सुधार गर्न लगानीकर्ताको सुझाव छ ।

एनआरएनलाई नेपालको समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने गरी आवश्यक लगानीको वातावरण सिर्जना गर्ने कानुनी व्यवस्था गर्न लगानीकर्ताले केन्द्रीय बैंकलाई सुझाएका छन् ।

हाल करिब ६८ लाख लगानीकर्ताले पूँजीबजारमा संलग्न रही ४५ खर्बभन्दा बढीको लगानी गरेको उनीहरूको दाबी छ । चालु आव २०८१र८२ जेठ मसान्तसम्म १५ अर्ब ३० करोड ९८ लाख ९५ हजार रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ ।

मौद्रिक नीतिले निर्देश गरेको मार्जिन ऋण नीति, बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको पूँजीबजार विरोधी एकीकृत निर्देशन, सूचीकृत कम्पनीको मूल्य घट्दै जानु, ब्याजदर उतार चढाव, सीमित रहेका संस्थागत लगानीकर्ता पनि सक्रिय नहुनुजस्ता कारणले बजारमा नकारात्मक असर पारेको उनीहरूको तर्क छ ।

हाल देशभरि ६८ लाखभन्दा बढी हितग्राही खाता सक्रिय छन्, तर दैनिक कारोबार रकम र सहभागिता दिनहुँ घट्दो क्रममा छ । जसले निजी क्षेत्र र आम लगानीकर्ताको लगाव र मनोविज्ञान कमजोर बनाएको उनीहरूको बुझाइ छ । यस्तो अवस्थामा लगानीकर्ताको विश्वास पुनर्स्थापना गराउनु अत्यावश्यक भएको छ ।