२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘टेक एण्ड पे’ को व्यवस्था नहटाए बजेट पारित हुन नसक्ने अर्थमन्त्रीलाई देउवाको चेतावनी 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई फोन गरेर बजेटमा राखेको ‘टेक एण्ड पे’ को व्यवस्था नहटाए बजेट पारित हुन नसक्ने चेतावनी दिएका छन् ।

सोमबार दिउँसो नयाँ बानेश्वरस्थित संसद् भवनको आफ्नै कार्यकक्षबाट देउवाले अर्थमन्त्री पौडेललाई फोन गरेका हुन् ।

सो फोनमार्फत उनले ‘टेक एण्ड पे’ को व्यवस्था नहटाए बजेट पारित हुन समस्या हुने अर्थमन्त्रीलाई बताएको एक सांसदले  जानकारी दिए ।

उक्त फोन संवादमा देउवाको भनाइ उद्धृत गर्दै एक सांसदले भने,‘तपाईँको पार्टी जस्तो काँग्रेस होइन । काँग्रेसका सांसदहरूलाई मैले थेग्न सक्दिनँ । अस्ति देखि भनिरहेको छु । पहिलेकै व्यवस्था राख्नुस् । नत्र बजेट पारित हुन्न ।’

‘टेक एण्ड पे’ मा पुरानै व्यवस्था कायम नगरे काँग्रेस एमाले सरकारमा संकट आउने चेतावनी देउवाले दिएको उनले सुनाए ।

बजेटमा नदी प्रवाहमा आधारित रहेर सरकारले विद्युत् खरिद गर्ने व्यवस्था राखिएपछि ऊर्जा उत्पादकहरूले विरोध गरेका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ‘इप्पान’ ले ‘टेक एण्ड पे’ व्यवस्थाको विरोध गर्दै आएको छ । यही विषयमा दुई दलका शीर्ष नेताको बैठक समेत बसेको थियो ।

आर्थिक वर्ष २०८२/०८३ को बजेट मंगलबार पारित गर्ने तयारी गरिएको छ ।