२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पालिका अध्यक्षको निर्णयविरुद्ध उच्च अदालतद्वारा अन्तरिम आदेश जारी 

अ+ अ-

काठमाडौँ। मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीको निर्णयविरुद्ध अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

कार्यपालिकाको सदस्यको सहमति बिन ११ वटा निर्णय गरेपछि उनको निर्णय विरुद्ध उप प्रमुख गुणावती थारुले रिट निवेदन दिएकी थिइन् । 

थारुले दिएको रिट निवेदन उपर सुनुवाइ गर्दै उच्च अदालत विराटनगरले रिट उपर अन्तिम फैसला नभएसम्म गाउँपालिका अध्यक्षले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

उच्च अदालत विराटनगरका न्यायधिश मिला सुवेदी र कृपाशुर कार्कीको इजलासले अन्तरिम आदेश जारी गर्दै अध्यक्ष माझीले गरेको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।

गत जेठ १ गते बसेको गाउँ कार्यपालिकाको बैठकका क्रममा कार्यपालिका सदस्यहरूसँग विवाद भएपछि अध्यक्ष माझी बैठक छाडेर बाहिरिएका थिए । अध्यक्ष माझीले सोही बैठकको उपस्थिति देखाएर पछि ११ वटा निर्णय गरेको भन्दै उपाध्यक्ष थारु अदालत गएकी थिइन् ।

कार्यपालिका सदस्यहरूले बैठकको उपस्थितिमा हस्ताक्षर गरिसकेपछि माझी बैठक छाडेर रिसाउँदै बाहिरिएका थिए ।