काठमाडौँ । सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गरेको अभियोगमा एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।
साइबर ब्युरोबाट खटिएको प्रहरीले भारत महाराष्ट्र थाने कश्मिरा रोड घर भएका ५६ वर्षीय गोपाल प्रसाद खडानन्द गौलीलाई आइतबार काठमाडौँ तिलगंगाबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार गौलीले फेसबुकमा साथी बनी म्यासेन्जरमा कुराकानी गरी प्रत्यक्ष भेटघाटका क्रममा पीडितसँग खिचेका तस्बिर देखाई बदनाम गराउने उद्देश्य राखी भिडियो बनाई युट्युबमा प्रसारण गरी चरित्र हत्या गरेको अनुसन्धानको क्रममा खुलेको छ ।
उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।







