२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशभर धमाधम रोपाइँ जारी

अ+ अ-

काठमाडौँ । समयमै मनसुन सुरु भएपनि यस पटक धान रोपाइँ देशभर १७ दशमलव दुई प्रतिशत क्षेत्रमा मात्रै भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यही असार १४ गतेसम्म सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी अर्थात् ४० प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ । 

कर्णाली प्रदेशमा २३ दशमलव नौ प्रतिशतमा धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, धानको भण्डारको रूपमा परिचित मधेश प्रदेशमा भने सबैभन्दा कम अर्थात् आठ दशमलव दुई प्रतिशत मात्रै धान रोपाइँ भएको छ । 

यसैगरी कोशी प्रदेशमा १३ दशमलव सात प्रतिशत, वाग्मतीमा १९ दशमलव छ प्रतिशत, लुम्बिनीमा १८ दशमलव पाँच प्रतिशत धान रोपाइँ भएको छ । त्यस्तै, गण्डकी प्रदेशमा १२ दशमलव चार प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ । 

सरकारले धान उत्पादनमा आत्मनिर्भर बन्ने लक्ष्यका साथ सहज रूपमा रासायनिक मल उपलब्ध गराउने र उन्नत बीउको प्रबन्ध गरेको छ । सयममै मनसुन समेत शुरु भएकाले यस वर्ष उल्लेख्य रूपमा धान खेती हुने अपेक्षा गरिएको छ ।

नेपालमा करिब १४ लाख हेक्टरभन्दा बढी क्षेत्रफलमा धान खेती गरिन्छ । देशभरका ७७ जिल्लामध्ये ७५ जिल्लामा धान खेती हुने गरेको छ । कुल खेतीयोग्य जमिनको करिब ५० प्रतिशत क्षेत्रमा धान खेती गरिने तथ्यांक छ ।