२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. वेदुराम भुसालले भने-‘आगामी आर्थिक वर्षको बजेट सन्तुलित र यथार्थपरक छैन’

अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुसालले आगामी आर्थिक वर्षको बजेट सन्तुलित र यथार्थपरक नरहेको टिप्पणी गरेका छन् ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा अगामी आर्थिक वर्षको विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद भुसालले यस्तो बताएका हुन् ।

उनले अगामी आर्थिक वर्षको विनियोजन समेत मन्त्रालयगत र क्षेत्रगत हिसाबले सन्तुलित नरहेको टिप्पणी गरे। अगामी आर्थिक वर्षको बजेट विनियोजन किसानमैत्री नभएको समेत उनको भनाइ छ । सांसद भुसालले २०२८ सालदेखि सधैँ घाटाको बजेट आइरहेको भन्दै यसले मुलुकको अर्थतन्त्रमा दीर्घकालीन असर पर्ने बताए ।

उनले भने, ‘बजेटमा घाटाको अनुपात बढ्दै गएको छ । हामीले घाटाको बजेट बनाउन थालेको २०२८ सालदेखि हो । २०२७ सालको बजेटमा हाम्रो केही करोड रुपैयाँ बचत थियो । आर्थिक वर्ष २०२८/२०२९ को बजेटमा ११.८१ प्रतिशत घाटा थियो । त्यो बढ्दै गएर आर्थिक वर्ष २०८०/२०८१ मा २५.८५ प्रतिशतमा पुग्यो र अहिले ३०.३२ प्रतिशतमा पुगेको छ ।

यसले बजेटमा हामीले प्रत्येक वर्ष घाटाको अनुपात बढाउँदै गएको छ । अब कसरी यस बजेटलाई यथार्थपरक भन्ने प्रश्न उठिरहेकै छ । त्यसकारण बजेटमा चित्त बुझाउने ठाउँ चाहिँ देखिँदैन । दोस्रो कुरा यो विनियोजन पनि सन्तुलित छैन । मन्त्रालयगत हिसाबले पनि सन्तुलित छैन, क्षेत्रगत हिसाबले पनि सन्तुलित छैन । सबैभन्दा चित्त दुख्ने के भने यो विनियोजन किसानमैत्री छैन ।’

कुल गार्हस्थ्य उत्पादनको मुख्य संवाहक कृषि भनिए पनि बजेटमा उपेक्षा गरिएको भन्दै आपत्ति जनाए ।