२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चालीस लाखभन्दा बढीको चिनी नष्ट

अ+ अ-

काठमाडौँ । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका-१ स्थित महेशपुर भन्सार कार्यालयले रु. ४० लाख १२ हजारभन्दा बढीको चिनी नष्ट गरेको छ । 

चार वर्षअघि बरामद गरिएको चिनी अखाद्य भएको भन्दै आज यहाँको झरही नदी किनारमा खाल्टो खनेर नष्ट गरिएको भन्सार कार्यालय प्रमुख विकास उपाध्यायले जानकारी दिए । 

उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको ६२ हजार ७०० किलोग्राम चिनी नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न स्थानबाट बरामद गरिएको थियो । कार्यालयसँग बजेट अभाव देखाएर चार वर्ष पहिले चिनी नष्ट गर्न नसकिएको जनाइएको छ । 

खाद्य प्राविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले चिनी खानयोग्य नरहेको भनेपछि भन्सारले लिलाम प्रक्रिया अगाडि नबढाएको पनि भन्सार कार्यालयका नायब सुब्बा राजेन्द्रप्रसाद ढुंगानाले बताए ।

यस्तै, छिमेकी राष्ट्र भारतबाट अवैध रूपमा ल्याएको रु. पाँच लाख ८८ हजार बराबरको ७० बोरा धानको बीउसमेत आज नष्ट गरिएको नायब सुब्बा ढुंगानाले जानकारी दिए।