२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रेडक्रस सोसाइटीले भने-‘रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ’

अ+ अ-

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले रक्तसञ्चारको गुणस्तरलगायतका विषयमा प्रश्नचिह्न खडा गरी जनमानसलाई त्रास तथा भ्रम फैलाउने प्रयत्न गरिएकामा ध्यानाकर्षण भएको जनाएको छ ।

रेडक्रसले आज विज्ञप्तिमार्फत नेपाल सरकारको राष्ट्रिय रक्तसञ्चार नीति २०७१ मा उल्लेख भएअनुसार रक्तदाता छनोट, रक्तसङ्क्रमण परीक्षण, उपकरणको मर्मत सम्भारका मापदण्ड पालना गरी विभिन्न प्रविधिअनुसार नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयले तोकेको शुल्क लिई सेवा प्रदान गरिरहेको स्पष्ट पारेको हो ।

नेपाल रेडक्रसले नेपाल सरकार, विश्व स्वास्थ्य सङ्गठन तथा विज्ञहरूको टोलीबाट हुने छानबिन, अनुगमनका लागि खुला रहेको जनाएको छ । यसरी भएका छानबिन, अनुगमनबाट प्राप्त सुझावहरूको क्रमशः स्रोत र साधनले भ्याएसम्म कार्यान्वयन गर्दै आएको केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक पवन गुप्ताले जानकारी दिए।

रेडक्रसले हाल केन्द्रीय रक्तसञ्चार सेवालगायत प्रादेशिक र जिल्ला तहमा गरी एक सयभन्दा बढी स्थानमा स्वयंसेवक परिचालन गरी रक्तसञ्चार सेवा प्रदान गरिरहेको छ । विश्व स्वास्थ्य संगठनमा सूचीकृत रिएजेन्ट, परीक्षण र उपकरणहरूको प्रयोगबाट सेवा भइआएको र राष्ट्रिय रक्तसञ्चार नीतिमा नै नेपाल रेडक्रस सोसाइटीको सेवाको उल्लेख भएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल रेडक्रसले नेपालमा २०२३ सालमा स्थापना गरेको रक्तसञ्चार सेवाले २०४८ सालदेखि नीतिगत जिम्मेवारी पाई राष्ट्रिय रक्तसञ्चार नीति २०७१ र नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वीकृत निर्देशिकाबमोजिम सेवा सञ्चालन गर्दै आएको छ ।