२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिने

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सशस्त्र संघर्ष, जनआन्दोलन तथा मधेस आन्दोलनका घाइतेको उपचारमा सहज हुने निर्णय गरेका छन्।

द्वन्द्वपीडित तथा भूकम्पमा समेत घाइते भएकाहरूको उपचार सरकारी कोषबाट भइरहे पनि बजेट अभाव तथा पूर्णउपचार हुन नसकेपछि मन्त्री पौडेलले सबै उपचार समेट्ने गरी अस्पतालहरूलाई शोधभर्ना दिने कार्यविधि स्वीकृत गरेका हुन्।

अब सबै खालका आन्दोलनका घाइते, द्वन्द्वपीडित तथा भूकम्पका घाइतेहरूको उपचारसँगै अंग प्रत्यारोपण वा सहयोग सामग्री आवश्यक भएमा व्यवस्था हुने जनाइएको छ । अंगभंग भएकाहरूलाई कृत्रिम अंग समेत प्रदान गरिने कार्यविधिमा उल्लेख छ ।

घाइतेहरूको देशभरका सरकारी तथा सामुदायिक अस्पतालहरूमा उपचार हुनेछ । कार्यविधिले उपचारपश्चात् अस्पतालहरूलाई भुक्तानी सहज बनाउने अपेक्षा गरिएको छ । यसअघि उपचार हुँदै आए पनि बजेट निश्चित नहुँदा उपचारमा समस्या तथा अस्पतालहरूलाई समस्या परेको गुनासो आउने गरेको थियो ।

यसवर्ष मन्त्रालयले घाइतेहरूको उपचारका लागि बेग्लै बजेट विनियोजन गरेको छ । बजेट तथा उपचारको सीमितताका कारण समस्या भोगेकाहरूको समस्या सदाका लागि सम्बोधन हुने गरी कार्यविधि निर्माण गरिएको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कार्यविधि स्वीकृत भए पछि घाइतेहरूको उपचारमा लामो समयदेखि देखिएको समस्या समाधान हुने बताएका छन् ।