२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जसपा नेपालले सरकारलाई दिएको समर्थन आज फिर्ता लिदै

अ+ अ-

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले सरकारलाई दिएको समर्थन आज फिर्ता लिने भएको छ ।

आज बस्ने संसदीय दलको बैठकले औपचारिक रूपमा समर्थन फिर्ताबारे निर्णय लिने प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

उनले भने, ‘पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न पार्टी संसदीय दललाई निर्देशन दिएको छ । आज बस्ने संसदीय दलको बैठकले यसबारे औपचारिक निर्णय गर्छ ।’

समर्थन फिर्ता लिने एजेन्डा तय गरेरै बैठक बस्न लागेको उनले बताए । जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको पनि सुनाए ।

काँग्रेस-एमाले गठबन्धन सरकारले कुनै क्षेत्रमा पनि सन्तोषजनक नतिजा दिन नसकेको पार्टीको निष्कर्ष रहेको उनले सुनाए ।

उनले थपे, ‘संविधान संशोधन, सुशासनको प्रत्याभभूति, अर्थतन्त्रमा सुधार र भ्रष्टाचार, कमिसनतन्त्र र लुटतन्त्रको नियन्त्रण गर्ने गठबन्धन सरकारले गरेको प्रतिबद्धता पूरा नभएपछि पार्टीले सरकारलाई दिएको समर्थन कायम राखी राख्ने स्थिति रहेन ।’

सरकारलाई दिएको समर्थन यसअघि नै नागरिक उन्मुक्ति पार्टीले पनि फिर्ता लिइसकेको छ ।