२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिवि सिनेट बालुवाटारमा बोलाइएपछि नेविसंघले जनायो आपत्ति

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको सिनेट प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको भन्दै सत्तारुढ दल नेपाली कांग्रेस निकट नेविसंघले आपत्ति जनाएको छ ।

विद्यार्थीको सहभागिताविनै सिनेट बैठक बालुवाटारमा बोलाइएको नेविसंघको भनाइ छ ।

प्रेस विज्ञप्ति जारी गर्दै नेविसंघले भनेको छ,’विद्यार्थीको सहभागिता बिना हुने कुनैपनि निर्णय विद्यार्थी समुदायप्रतिको गम्भीर अपमान हो । यसले विश्वविद्यालयमा लोकतान्त्रिक मूल्य र विधिको खिल्ली उडाएको छ ।’

असार २६ गते बालुवाटारमा तय गरिएको सिनेट बैठकमा विधिवत् निर्वाचित विद्यार्थी प्रतिनिधिहरूलाई सहभागी नगराइएको भन्दै संघले बैठकलाई अमान्य ठहर गर्दै तत्काल निर्णय सच्याउन आग्रह गरेको छ ।

त्यस्तै, नेविसंघले हस्ताक्षर अभियानमार्फत विश्वविद्यालयको नेतृत्वमा पारदर्शिता र योग्यता सुनिश्चित गर्न विद्यार्थी समुदायले उठाएको आवाजलाई बेवास्ता गर्दै सिफारिसको भरमा उपकुलपति नियुक्त गरिएको भन्दै यसलाई पनि निन्दनीय र अलोकतान्त्रिक भनेको छ ।

यसरी विद्यार्थीको आवाज बेवास्ता भएमा चरणबद्ध सशक्त आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी समेत नेविसंघले दिएको छ ।