२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार दिनपछि सम्पर्कमा आए ‘हराएका’ प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी

अ+ अ-

पालिकाका अध्यक्ष भन्छन् – ‘ओटीपी कोड लिन रुकुम पूर्व जानु भनेका कर्मचारीहरू गुल्मी पुगे, किन गएको भनेर सोध्दा कसैले केही प्रतिक्रिया दिएनन्।’

काठमाडौँ । भुक्तानीका लागि निस्किएका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी चार दिनपछि सम्पर्कमा आएका छन् ।

रोल्पाको थवाङ गाउँपालिकाका चार दिनसम्म ‘हराएका’ प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्ती मगरसहितको समूह बिहीबार बिहान ७ बजे सम्पर्कमा आएको गाउँपालिका अध्यक्ष ऋषिकेशव बुढा मगरले जानकारी दिए ।

अध्यक्ष बुढा मगरका अनुसार घर्ती मगरसहितका सातै जना कर्मचारी चार दिनसम्म सम्पर्कविहीन भएपछि बुधबार साँझ गाउँपालिकाले सूचना जारी गरेर उनीहरूलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको थियो । सूचना प्रकाशित भएपछि बिहीबार बिहान उनीहरूले फोनमार्फत सम्पर्क गरेका हुन् ।

‘उहाँहरू गुल्मी पुग्नुभएको रहेछ । बिहान ७ बजे फोन गरेर लिवाङ हुँदै कार्यालय फर्किन्छु भन्नुभएको छ,’ अध्यक्षले भने, ‘तर अहिलेसम्म पालिकामा आउनुभएको छैन ।’

गाउँपालिकाले जारी गरेको सूचनामा २३ गते राति प्रमुख प्रशासकीय अधिकृतले कार्यालयको भुक्तानीका लागि आवश्यक ओटीपी कोड लिन रुकुम पूर्व जाने बताएको उल्लेख छ । अध्यक्ष बुढा मगरले भने, ‘यहाँ नेटवर्कको समस्या हुने भएकाले भुक्तानीमा समस्या नहोस् भनेर रुकुम जाने अनुमति दिएको थिएँ, तर उहाँहरू यती लामो समय हराउनुहुन्छ भन्ने लागेको थिएन ।’

प्रमुख प्रशासकीय अधिकृतसँगै सहायक प्रशासन पाँचौँ हरिस माझी, सह लेखापाल यज्ञप्रसाद कँडेल, सब इन्जिनियर चन्द्रप्रकाश ओली, सब इन्जिनियर निशा आचार्य, खापासटे शिवकुमार वली र चालक प्रदीप केसी पनि सम्पर्कविहीन भएका थिए ।

अध्यक्षले भने ‘सबैको फोन अफ थियो, आफैँले पनि सम्पर्क गर्नुभएको थिएन । सबै कर्मचारी एकै पटक बाहिरिएपछि कार्यालयको काम प्रभावित भयो ।’ यद्यपि सम्पर्क भएपछि पनि उनीहरूले गुल्मी किन गएका भन्ने कुरा खुलाएका छैनन् । ‘किन गुल्मी जानुभयो भनेर सोध्दा पनि केही भन्नुभएको छैन,’ अध्यक्षले थपे ।

उनका अनुसार कर्मचारीहरू कार्यालय फर्किएपछि यसबारे छलफल गरेर आवश्यक निर्णय गरिने छ । यस विषयमा प्रमुख प्रशासकीय अधिकृत घर्ती मगरलाई सम्पर्क गर्न खोज्दा उनले फोन उठाएनन् ।