काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले सरकारका मन्त्रीहरूले घुस लिएको विषय सार्वजनिक रूपमा आएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमाथि प्रश्न उठेकाले सरकारले तत्काल जवाफ दिनुपर्ने माग गरेका हुन्।
कम्पनी रजिष्ट्रारको कार्यालयमा भइरहेको ढिलासुस्तीप्रति ध्यानाकर्षण गराउँदै सांसद पाण्डेले कर्मचारीहरूबाट सेवाग्राहीको हित विपरीत भइरहेका गतिविधि तत्काल बन्द गर्न र जरिवानामा छुटको व्यवस्था गर्न आग्रह गरे।







