२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्यको समान पहुँच पुर्‍याउन कालीगण्डकीमा नि:शुल्क स्वास्थ्य बिमा

अ+ अ-

 स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको नि:शुल्क स्वास्थ्य बिमा गरि दिएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा पालिकाभित्र रहेका चार हजार पाँच सय ४३ घरधुरीका नागरिकको नि:शुल्क बिमाबापतको रकम रु. एक करोड ७२ लाख भुक्तानी गरेको छ ।

गाउँपालिकाभित्र बसोबास गर्ने पालिकाबासीको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्य राख्दै कालीगण्डकी गाउँपालिकाले पालिकाका सबै नागरिकको नि:शुल्क स्वास्थ्य बिमा गरिदिएको हो । नि:शुल्क स्वास्थ्य बिमा गरेसँगै पालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा एक करोड ७२ लाख ७२ हजार एक सय ५० स्याङ्जास्थित स्वास्थ्य बिमा कार्यालयमा भुक्तानी गरेको गाउँपालिकाका नि:शुल्क बिमा कार्यक्रममा कार्यरत दुर्गा पाण्डेले जानकारी दिइन् ।

सात वटावडा रहेको कालीगण्डकी-१ मा सात सय ७२ घरधुरी, वडा नं २ मा सात सय २६ घरधुरी, वडा नं ३ मा पाँच सय ८३, वडा नं ४ मा छ सय ६८, वडा नं ५ मा छ सय ८०, वडा नं ६ मा पाँच सय ८८ र वडा नं ७ मा पाँच सय २६ गरी कूल चार हजार पाँच सय ४३ घरधुरीको नि:शुल्क स्वास्थ्य बिमा गरिदिएको हो ।

गाउँपालिकाले पहिलो चरणमा एक हजार ६१७ घरधुरीको बिमावापत ६१ लाख ७७ हजार १५० भुक्तानी गरेको थियो । दोस्रो चरणमा दुई हजार एक सय ८३ घरधुरीका लागि ८२ लाख रु. ७० हजार ५००, तेस्रो चरणमा तीन सय ९९ घरधुरीका लागि १४ लाख ९२ हजार ५० र चौँथो तथा अन्तिम चरणमा तीन सय ४४ घरधुरीको बीमावापत १३ लाख ३२ हजार चार सय ५० भुक्तानी गरेको उनले जानकारी दिइन् ।

गाउँपालिकाका सात वटै वडाका चार हजार पाँच सय ४३ कूल घरधुरीलाई नि:शुल्क स्वास्थ्य बिमा कार्यक्रममार्फत समेटिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । गाउँपालिकाले नागरिकको स्वास्थ्य बिमा नवीकरणवापत प्रत्येक तीन/तीन महिना गरी चार चरणमा रकम भुक्तानी गरेको हो । “गाउँपालिकाका प्रत्येक सात वटै वडामा बिमा अभिकर्ताहरू हुनुहुन्छ” अध्यक्ष थापाले भने, “अभिकर्ताहरूले घर घरमा पुगेर फोटो खिच्ने तथा रसिद काटेर ल्याउनुहुन्छ, तीनै रसिदहरुका आधारमा तथ्यांक यकिन गरी स्वास्थ्य बिमा कार्यालय स्याङ्जामा पालिकाबाट सिँधै भुक्तानी गर्छौँ ।”

एक जनादेखि पाँच जनासम्मको परिवारलाई रु. तीन हजार ५०० भुक्तानी गर्ने उनले बताए । पाँच देखिमाथि परिवार सङ्ख्या भएको घरधुरीलाईप्रति सङ्ख्याका आधारमा सात सय थप गरिएको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ देखि नि:शुल्क स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा ल्याएको अध्यक्ष थापाले बताए । “स्वास्थ्यको पहुँच नभएर गाउँपालिकाभित्रका नागरिक उपचारका लागि अस्पताल जान नसक्ने अवस्था नहोस्, सबैलाई स्वास्थ्यको समान पहुँच पुगोस् भन्ने उद्देश्यले नि:शुल्क स्वास्थ्य बिमा कार्यक्रम अगाडि सारेका हौँ” अध्यक्ष थापाले भने, “आव २०७८/७९ बाट सुरु भएको कार्यक्रमले निरन्तरता पाइराख्ने छ ।”

गाउँपालिकाभित्रका नागरिकले स्वास्थ्य बिमाका अलावा गाउँपालिका मातहतमा मिर्मिमा सञ्चालनमा रहेको कालीगण्डकी अस्पतालबाट दिइने स्वास्थ्यसम्बन्धी उपचार तथा औषधि नि:शुल्क प्राप्त गर्दै आइरहेका छन् ।