२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अधिकांश वाणिज्य बैंकहरुले घटाए ब्याजदर

अ+ अ-

काठमाडौँ । साउन महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । असारको तुलनामा वाणिज्य बैंकहरुको औसत ब्याजदर घटेको छ ।

बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ५.६९७५ प्रतिशत विन्दुमा झरेको छ । जबकि यस्तो ब्याजदर असार महिनामा ५.९०२ प्रतिशत विन्दु रहेको थियो ।

ब्याजदर घटाउने बैंकहरुमा प्रभु बैंक, कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र एनआईसी एशिया बैंक रहेका छन् ।

जसमध्ये प्रभु बैंकले सबैभन्दा बढी घटाएको छ । यस बैंकले असारको तुलनामा साउनमा १.८५ प्रतिशत विन्दु ब्याजदर घटाएको छ । असारमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतममा ६.१ प्रतिशतसम्म ब्याज दिएको यस बैंकले साउनमा भने यस्तो ब्याज ४.२५ प्रतिशत मात्र ब्याज दिने भएको छ ।

साउनमा अन्य दुई बैंकले ब्याजदर बढाएका छन् । ब्याजदर बढाउने बैंकहरुमा स्ट्याण्डर्ड चार्टर्ड बैंक र हिमालयन बैंक रहेका छन् ।

चार बैंकले साउनका लागि ब्याजदर स्थिर राखेका छन् । जसमा ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक र सिद्धार्थ बैंक रहेका छन् ।