काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संसदीय समितिको बैठकमा अनुपस्थित भएका छन् ।
आइतबार प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिले विश्वव्यापी आवधिक समीक्षाबारेको छलफलमा प्रधानमन्त्री ओलीलाई बोलाएको थियो ।
छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ समितिको बैठकमा पठाएका छन् ।
मुख्यसचिव एकनारायण अर्याल र प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका अन्य अधिकारीहरू सहभागी छन् ।







