२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संवैधानिक परिषद् सम्बन्धी विधेयक राष्ट्रपति पौडेलबाट पुनर्विचारका लागि फिर्ता

अ+ अ-

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधि सभामा फिर्ता पठाएका छन्।

नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रमाणीकरणका लागि राष्ट्रपतिको समक्ष पेश गरिएको विधेयक संघीय संसद्का दुवै सदनबाट पारित भइसकेको थियो। तर, गहन अध्ययन, छलफल, विश्लेषण र समीक्षा पश्चात् उक्त विधेयक पुनर्विचार गर्नुपर्ने ठहर राष्ट्रपतिले गरेका छन्।

त्यसैले राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देशसहित विधेयक उत्पत्ति भएको प्रतिनिधि सभामा फिर्ता पठाएका हुन्।

राष्ट्रपतिको कार्यालयद्वारा बिहीबार (साउन ८ गते) प्रकाशित विज्ञप्तिमार्फत सार्वजनिक गरिएको हो।

संवैधानिक व्यवस्था अनुसार, राष्ट्रपतिले सन्देशसहित फिर्ता पठाएको विधेयकमाथि संसद्ले पुनर्विचार गर्नुपर्ने हुन्छ। पुनर्विचारपछि जसरी पारित गरेर पठाइन्छ, राष्ट्रपतिले त्यसलाई १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक प्रावधान छ।