२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्री पौडेलद्वारा रुपन्देहीका विभिन्न योजनाको अनुगमन

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीमा विभिन्न चालु र नयाँ योजनाको आज स्थलगत अवलोकन गरेका छन् । 

अर्थमन्त्री पौडेल आज साँझ रुपन्देहीको तिलोत्तमा नगरपालिका-६ मा चालु र नयाँ योजनाको स्थलगत अवलोकनमा गरेका हुन् । 

उनले तिलोत्तमा-६ मा रहेको नौकट्टी सडकको अवलोकन गर्नुका साथै वडा नम्बर ६ गोरकट्टास्थित निर्माणाधीन अवस्थामा रहेको १५ शैय्याको नगर अस्पतालको अवलोकन गरे । उक्त स्वास्थ्य चौकीलाई नगर अस्पतालको रूपमा स्तरोन्नति गर्न लागिएको हो ।

अस्पताल पूर्ण निर्माण भई सञ्चालनमा ल्याउन रु. १७ करोड लागत अनुमान गरिएको छ । चौध कठ्ठा क्षेत्रफलमा फैलिने अस्पताल स्थापनाको लागि स्व। गोपाल ओझान्ठाक्ष, अमृतप्रसाद ओझान्ठाक्ष र शम्भुप्रसाद ओझान्ठाक्षले जग्गा उपलब्ध गराएका थिए । 

सो क्रममा स्थानीय २०८४ अघि नै अस्पताल निर्माणको काम सम्पन्न गर्न अर्थमन्त्री समक्ष आग्रह गरे । अर्थमन्त्रीका साथमा सहभागी तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरी र तिलोत्तमा–६ का वडाध्यक्ष गणेश पाठकले यो अस्पताल सिंगो नगरको गौरवको विषय भएकाले यसलाई सकेसम्म छिटो पूरा गर्न ध्यानाकर्षण गराए ।

अर्थमन्त्री पौडेलले अस्पताल निर्माण सम्पन्न गर्न सरकारले यथाशक्य सहयोग गर्ने भन्दै निर्माणको कामलाई गति दिन आग्रह गरे । उनले पश्चिम पहुनी मावि, मोक्षधामको अवलोकन गर्नुका साथै वस्तुस्थितिबारे जानकारी लिए । त्यस्तै उनले कुन्जलापुरमा रहेका दुई वटा पुलको निरीक्षण गर्नुका साथै कुन्जलापुरदेखि नगर अस्पतालसम्म जाने रु. तीन करोड लागतको सडक र गोरकट्टादेखि गणेशपुर जाने रु. तीन करोड लागतको कुलोको अवलोकन गरी वस्तुस्थितिबारे जानकारी लिए ।