काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक दिपक थापा प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।
सो अवसरमा प्रहरी महानिरीक्षक थापाले श्रीखण्ड र नीमको बिरुवा रोपण गरेका थिए।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे, सह प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापा लगायत प्रहरी उपरीक्षकहरू, सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत प्रहरी हवल्दार तथा जवानहरूले नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण गरेका थिए ।
सो अवसरमा बेल, अम्बा, कागती, जापनिज हलुवाबेद, अङ्गुर, आरु, आलुबखडा,अनार, नासपती, एभोकाडो लगायतका १ सय ४० थान बिरुवा रोपण गरिएको थियो ।







