२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कर्मचारीले अनुमानको भरमा काम गर्न हुँदैन’-मन्त्री हांगाम

अ+ अ-

काठमाडौँ । कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले राष्ट्रसेवक कर्मचारीले अनुमानको भरमा काम गर्न नहुने बताएका छन् ।

कृषि विकास निर्देशनालय, कोशी प्रदेश विराटनगरद्वारा आज यहाँ आयोजित ‘वार्षिक प्रगति समीक्षा गोष्ठी’को उद्घाटन गर्दै उहाँले कर्मचारीले अनुमानको भरमा काम गर्दा राज्यले अपेक्षित लाभ लिन नसक्ने बताए ।

मन्त्री हाङगामले यस्ता समीक्षा गोष्ठीमा कर्मचारीले प्रस्तुत गर्ने तथ्यांक पुष्टि हुने किसिमको हुनु पर्ने निर्देशन दिँदै सरकारले कृषि क्षेत्रमा गर्ने लगानीबाट किसानले लाभ प्राप्त गर्नुपर्नेमा जोड दिए। 

उनले वितरण प्रणाली सुधार गर्न मातहतका कर्मचारीलाई निर्देशन दिँदै भने, “रासायनिक मल वितरणमा समस्या देखिएको छ, यो किन र कसरी भइरहेको छ, ध्यान दिनुपर्ने नभए समिति बनाएर पनि यसलाई व्यवस्थित गर्न मन्त्रालय तयार छ ।”

कार्यक्रममा निर्देशनालयका निर्देशक प्रकाशकुमार डाँगीले कोशी प्रदेशको नक्सा र कार्यालयको अवस्थिति, संगठन संरचनालगायतका प्रगति विवरण प्रस्तुत गरेका थिए ।

कोशी प्रदेशका सबै जिल्लास्थित कृषि ज्ञान केन्द्र, बाली संरक्षण प्रयोगशाला, माटो तथा मल परीक्षण प्रयोगशाला, बीउ विजन प्रयोगशाला, कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रका प्रमुखले आ–आफ्ना कार्यालयका वार्षिक प्रगति विवरण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।