२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुख्यमन्त्रीको हैसियतमा पाउने सुविधा नलिने बानियाँको घोषणा

अ+ अ-

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफू पदको लागि र फोटो टाँस्नको लागि मात्रै मुख्यमन्त्री नभएको बताएका छन् ।

नेपाल किसान महासंघ बागमती प्रदेशको प्रथम अधिवेशनलाई बिहीबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

पारदर्शी, उत्तरददायी र जनताप्रतिको जिम्मेवारी भएर काम गर्ने लक्ष्यसहित आफू मुख्यमन्त्री भएको उनको भनाइ छ ।

‘पारदर्शी, उत्तरददायी, जिम्मेवारी र जनताप्रतिको जिम्मेवारी भएर काम गर्ने लक्ष्य सहित म मुख्यमन्त्री भएको हो । पदको लागी, फोटो टाँस्न म मुख्यमन्त्री भएको होइन,’ उनले भने ।

अरु मुख्यमन्त्रीले के गरे गरेनन् भन्दा पनि आफूले काम गरेर देखाउने उनको दाबी छ । साथै, मुख्यमन्त्रीको हैसियतमा पाउने सुविधा समेत नलिने उनको घोषणा छ ।

‘अर्को कुरा म आफैँले पाउने सेवा सुविधा, मुख्यमन्त्रीको हैसियतले पाउने सुविधा म लिन्नँ,’ बानियाँले भने ।

आफूले मुख्यमन्त्री भएपछि पहिलो निर्णय नै प्रदेशभित्र रहेका गरिब विपन्नहरुको पक्षमा हुने गरी गरेको उनको दाबी छ ।

गरिब, विपन्न, सीमान्तकृत, दलित, चेपाङ, जिरेल, भोटे, बनकरियाहरूमध्येका छोराछोरीहरूलाई प्रदेश सरकारले २र२ वटा मेडिकल डाक्टर, आयुर्वेद डाक्टर र पशु चिकित्सक डाक्टर गरी ६ जनालाई छात्रवृत्तिमा डाक्टर पढाउने उनले बताए ।

‘मैले पहिलो निर्णय नै बागमती प्रदेशभित्र रहेका गरिब, विपन्न, सीमान्तकृत, दलित, चेपाङ, जिरेल, भोटे, बनकरियाहरु मध्येका छोराछोरीहरूलाई अहिले २ वटा मेडिकल डाक्टर, २ वटा आयुर्वेद डाक्टर, २ वटा पशु चिकित्सक डाक्टर गरी ६ वटा डाक्टर प्रदेश सरकारले पढाउने निर्णय गरेँ र १० वटी गरिबका छोरीहरूलाई नर्स पढाउने निर्णय गरिसकेँ,’ बानियाँले भनेका छन् ।