२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापाले भने-‘काँग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ’

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक रहेको बताएका छन् ।

शनिबार बालकोटमा आयोजित स्व श्यामबहादुर कार्कीको १८औँ स्मृति सभामा काँग्रेसले आत्मविश्वास हराएको पार्टीले देश सम्हाल्न नसक्ने भन्दै सबैले आत्म समीक्षासहित पार्टी निर्माणमा लाग्नुपर्ने बताए ।

महामन्त्री थापाले देशका समस्याको समाधान दिनुपर्ने पार्टीमै आत्मविश्वास कमजोर भएको जस्तो देखिएको उल्लेख गर्दै त्यसलाई मजबुद बनाउन आवश्यक रहेको बताए ।

“नेपाली समाजमा असन्तुष्टि छन्, नागरिक रिसाएको अवस्था छ । यसबाट देशलाई बाहिर निकाल्ने र सम्हाल्ने काम काँग्रेसको काँधमा छ । देश बनाउन सक्ने काँग्रेसले हो भन्ने सन्देश दिने गरी काम गर्न आवश्यक छ”, उनले भने, “पार्टीभित्र चुनाव हारिन्छ कि भन्ने डरका कारण राजनीति कमजोर बन्दै गएको छ । त्यो डर त्यागेर काँग्रेसलाई बलियो बनाउन अग्रज नेताको मार्ग निर्देशन पालन गर्न लागौँ ।”

महामन्त्री थापाले युवाहरूको असन्तुष्टिलाई वास्तविक भावनाका रूपमा बुझ्नुपर्ने र त्यसलाई कदर गर्दै देशभित्र अवसर सिर्जना गर्नुपर्नेमा समेत जोड दिए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले आगामी दिनमा नेपाली काँग्रेसले कृत्रिम बौद्धिकता (एआई) सँग पनि राजनीतिक प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउने भन्दै ‘एआई राजनीति’ का लागि पनि तयार रहनुपर्ने धारणा राखे।

काँग्रेस केन्द्रीय सदस्य तथा सांसद रमा कोइराला पौडेल, बागमती प्रदेशका पूर्वमन्त्रीद्वय सुरजचन्द्र लामिछाने र कृष्णलाल कँडेल, प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, वरिष्ठ पत्रकार कबिर राणालगायतले स्व कार्कीको योगदानबारे चर्चा गरे ।

स्मृति सभासँगै आयोजित रक्तदान कार्यक्रम ७२ जनाले रक्तदान गरेको र विद्यार्थीलाई एक सय वटा स्कुल ब्याग, स्टेसनरी र खेलकुद सामग्री हस्तान्तरण गरिएको स्व श्यामबहादुर कार्की स्मृति प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिएका छन्।