२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कक्षा १२ को परीक्षामा बेहेरेश्वर माविका शतप्रतिशत विद्यार्थी उत्तीर्ण

अ+ अ-

भोजपुर । रामप्रसादराई गाउँपालिका-५ मानेभञ्याङमा रहेको बेहेरेश्वर माध्यमिक विद्यालय कक्षा १२ को परीक्षामा शतप्रतिशत विद्यार्थी पास गराउन सफल भएको छ । परीक्षामा सामेल भएका सम्पूर्ण २१ विद्यार्थी नै पास भएको विद्यालयले जनाएको छ । 

परीक्षामा सामेल सम्पूर्ण विद्यार्थी पास गराएर बेहेरेश्वर माध्यमिक विद्यालय कोशी प्रदेशमा पहिलो बनेको वडाध्यक्ष जगतबहादुर चौहानले जानकारी दिए । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नजिता अनुसार शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउनेमा कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये पहिलो बनेको उनको दाबी छ । सामुदायिकतर्फ कोशी प्रदेशमा यो विद्यालय प्रथम बनेको वडाध्यक्ष चौहानले बताए । 

“बेहेरेश्वर मावि कक्षा १२ को नतिजामा कोशी प्रदेशमा प्रथम बनेको छ”, वडाध्यक्ष चौहानले भने, “शैक्षिक सुधारका क्षेत्रमा विभिन्न काम गरेसँगै विद्यालयलाई कोशी प्रदेशमा पहिलो बनाउन सफल भएका छौँ ।” विसं २०७५ बाट कक्षा ११ र १२ सञ्चालन गरिएको विद्यालयमा चार वर्षसम्म वडाले बजेट विनियोजन गरेको वडाध्यक्ष चौहानले बताए ।  

यो विद्यालयमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले समेत अध्ययन गरेको उनको भनाइ छ । विसं २०१९ मा पूर्व राष्ट्रपति भण्डारीका पिता रामबहादुर पाण्डेले प्राथमिक विद्यालयमा स्वीकृत गराएको उनले जानकारी दिए।