२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राधिकरणले ज्वार्चनलाई दियो नेवानिको उत्तरदायी अधिकारीको जिम्मेवारी 

अ+ अ-

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम (नेवानि) को उत्तरदायी अधिकारीका रूपमा निगम सञ्चालन विभाग प्रमुख वरिष्ठ क्याप्टेन दीपु ज्वार्चनलाई तोकेको छ ।

निगमको उत्तरदायी अधिकारी कार्यकारी अध्यक्ष युवराज अधिकारी हुन् । तर, उनले जिम्मेवारी पूरा गर्न नसकेको भन्दै प्राधिकरणले उत्तरदायी अधिकारीबाट बर्खास्त गरेको छ । उनको स्थानमा ज्वार्चनलाई उक्त अधिकार प्राधिकरणले दिएको हो ।

प्राधिकरणले १५ वैशाख, २० असार र ४ साउनमा पत्राचार गर्दै उत्तरदायी अधिकारी तोक्न भने पनि बेवास्ता गरिएको भन्दै अहिले आफैँले अधिकारी तोकिदिएको हो ।

प्राधिकरणले अन्तरिम सहजीकरण स्वरूप ज्वार्चनलाई उक्त जिम्मेवारी तोकिदिएको समेत जनाएको छ । नेवानिको वायुसेवा सञ्चालन प्रमाणपत्र (एओसी) को वैधता कायम राख्न उत्तरदायी अधिकारीको नियुक्तिलाई वैधानिकता दिन भनेको छ ।