२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘फेवाताल संरक्षणमा सरकारले ध्यान दिइरहेको छ’ : मुख्यमन्त्री पाण्डे

अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटकीय आकर्षणको केन्द्रका रूपमा रहेको पोखराको फेवाताल संरक्षणमा प्रदेश सरकारको ध्यान केन्द्रित रहेको बताएका छन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित ‘ ट्रेकिङ गाइड तथा ट्रेकिङ पोटर गाइड’सम्बन्धी १५ दिने तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा उनले देशकै पर्यटकीय गहनाको रूपमा रहेको फेवाताल संरक्षणमा सबैको ध्यान जान आवश्यक रहेको बताए ।  

पर्यटकीय राजधानी घोषणासँगै यहाँका पर्यटकीय गन्तव्यको संरक्षण र विकास गर्ने दायित्व प्रदेश सरकारको भएको बताउँदै मुख्यमन्त्री पाण्डेले यस्ता पर्यटनसँग सम्बन्धित संस्थाको भूमिका पनि त्यत्तिकै महत्त्वपूर्ण रहेको बताए । 

पर्यटकीय राजधानी पोखरा र आसपासका पर्यटकीय गन्तव्यमा पर्यटकको बसाइँ लम्ब्याउन सरकार र पर्यटन व्यवसायीको सहकार्यमा प्रवर्द्धनात्मक कार्यक्रम अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । 

मुख्यमन्त्री पाण्डेले फेवातालको मापदण्डभित्र परेका तर व्यक्तिको नाममा रहेका जग्गाको मुआब्जा दिइने बताए । 

“फेवातालको मापदण्ड कायम गर्ने विषयमा अदालतको आदेश कार्यान्वयनका लागि हाल तालको सिमांकन गर्ने कार्य भइरहेको छ । मापदण्डभित्र व्यक्तिको लालपुर्जा भएका जग्गाको मुआब्जा दिने काम पनि हुन्छ”, उनले भने । 

प्रदेश वन तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले पर्यटकीय राजधानी पोखरामा सञ्चालित यस्ता तालिमले स्वदेशी तथा विदेशी पर्यटकलाई पदमार्गमा जान सजिलो बनाउने र रोजगारीको अवसरसमेत सिर्जना गर्ने बताए । तीन सय जनाले एकै पटक यस्तो तालिम लिँदा गण्डकी प्रदेशको पर्यटन विकास र प्रवर्द्धनमा सहयोग पुग्ने उनको विश्वास थियो । 

कार्यक्रममा पोखरा महानगरपालिका-६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पर्यटन बोर्ड नेपालका पूर्वबोर्ड सदस्य गणेशबहादुर भट्टराई, टान गण्डकीका सल्लाहकार डम्बर केसी, अजय ढकाल, मणिराज लामिछाने, इन्द्रकाजी गुरुङ, तीर्थ सुवेदी, कृष्ण आचार्यलगायतले पर्यटन विकासमा सरकार र पर्यटन व्यवसायीको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए ।