२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्यान्सर अस्पतालले बोनम्यारो प्रत्यारोपण गर्न जनशक्ति तयार गर्दै 

अ+ अ-

काठमाडौँ । चीन सरकारले बोनम्यारो प्रत्यारोपण गर्न भवन र उपकरण दिने भएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल जनशक्ति तयार गर्न थालेको छ । 

चिनियाँ विज्ञहरूको टोलीले अस्पतालको निरीक्षण गरेपछि यहाँका चिकित्सक, स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिन चीनसमेत पठाउने भएको छ ।

पाँच दिनअघि यहाँ आएको सात सदस्यीय चिनियाँ विज्ञ टोलीले विभिन्न विभागमा कार्यरत चिकित्सक स्वास्थ्यकर्मीसँग प्रत्यक्ष रूपमा अन्तरक्रिया गरी आवश्यक पूर्वाधारका विषयमा समेत राय लिएको छ ।

बोनम्यारो प्रत्यारोपणका लागि चिनियाँ टोली यही रहेका बेला नेपालका लागि चिनियाँ राजदूतावासका प्रथम काउन्सिलर वाङ सिन आज यहाँ आएका थिए । उनले चीन-नेपाल बोनम्यारो प्रत्यारोपण परियोजना औपचारिक रूपमा सुरु भएको बताए ।

उनले यस परियोजनालाई दुवै मुलुकबीचको स्वास्थ्य सहकार्यको ऐतिहासिक कदमका रूपमा व्याख्या गरे । सिनले चीन र नेपाल सात दशकदेखि असल छिमेकी, सत्यनिष्ठ मित्र र भरपर्दा साझेदारका रूपमा अगाडि बढ्दै आएको उल्लेख गर्दै हिमालझैँ अटल यो मित्रता स्वास्थ्य क्षेत्रमा अझ गहिरो रूपले प्रकट भइरहेको बताए ।

सो अवसरमा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. विजय न्यौपानेले यथाशक्य छिटो काम सम्पन्न गर्न चिनियाँ सरकारले समेत चासो दिएको भन्दै सबैको साथ र सहयोगबाट बोनम्यारो प्रत्यारोपणको काम थालिने बताए ।

अस्पतालका मेडिकल अंकोलोजी विभागका प्रमुख डा. गुरुशरण साहले चीनबाट आएको विज्ञ टोलीले पाँच दिनसम्म स्थलगत अध्ययन गरेको र त्यसपछि जनशक्ति तालिमलाई प्राथमिकता दिनु आवश्यक देखिएको बताए ।

डा. साहका अनुसार, बोनम्यारो प्रत्यारोपण सेवा केवल एक विभागले मात्र सम्भव नहुने भएकाले मेडिकल अंकोलोजी, हेमाटोलोजी, आइसियु, रेडिएसन अंकोलोजी र प्याथोलोजीजस्ता विभागको संयुक्त क्षमता आवश्यक हुन्छ । 

“डाक्टर मात्र सक्षम भएर पुग्दैन, नर्स, प्यारामेडिक्स र अन्य प्राविधिक पनि दक्ष हुनुपर्छ”, डा साहले भने।

चीनको हेबेई मेडिकल विश्वविद्यालयको चौथो अस्पताल यस परियोजनाको मुख्य जिम्मेवार पक्ष हो । चीनको बोनम्यारो ट्रान्सप्लान्ट (बिएमटी) टोलीका प्रमुख एवं नेपालमा कार्यरत १५ औँ चिनियाँ चिकित्सक टोलीका टोली नेता डा झाओ गुइमिनले चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले जनशक्ति तालिम र क्षमता विकासमा सहयोग गर्ने बताए ।

चीन सरकारले अस्पतालको प्रशासनिक भवन नजिक दुई तले नयाँ भवन निर्माण, उपकरण जडान र जनशक्तिलाई  तालिम दिने छ । सबैकाम चिनियाँ सरकारले गर्ने भएकाले वास्तविक लागत अस्पतालमा नआउने भए पनि काम सम्पन्न गर्न करिब रु. २० करोड खर्च हुने अनुमान गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले बताए ।

डा. पौडेलका अनुसार नेपालका लागि चिनियाँ राजदूत चेन सोङले अस्पतालमा रोवटीक सर्जरी, रेडियोथेरापिका लागि लिन्याक मेसिन र सात प्रदेशमा सञ्चालन गरिएको विस्तारित सेवाका लागि सवारीसाधन व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन् । पौडेलले भने, “राजदूतले रकमको व्यवस्थापन हुन्छ आवश्यक प्रक्रिया अघि बढाउनु भनेपछि हामी अघि बढेका छौँ ।”

क्यान्सर अस्पतालबाट गएको दुई वर्षमा ५० जना चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई चीन पठाएर तालिम समेत गराइएको छ । अब प्रत्यारोपणका लागि समेत तालिममा चिकित्सक नर्स चीन जानेछन् । यो अस्पताल चीन सरकारले बनाइदिएको हो ।