२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली राजदूत रुपाखेतीले बुझाए चेक गणतन्त्रका राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र

अ+ अ-

काठमाडौँ । जर्मनीका लागि नेपाली राजदूत तथा चेक गणतन्त्रका लागि गैरआवासीय राजदूत डा. शैल रुपाखेतीले राष्ट्रपति पेत्र पावेलसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

सोमबार प्राग दरबारमा आयोजित समारोहमा राजदूत रुपाखेतीले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राष्ट्रपति पावेलको स्वास्थ्य र चेक जनताको समृद्धिको कामना गरेका थिए । 

राजदूतले नेपाल र चेक गणतन्त्रबीचका द्विपक्षीय सहयोगका सम्भावनाबारे जोड दिँदै आगामी दिनमा सम्बन्ध अझ विस्तार हुने आशा व्यक्त गरे ।

राष्ट्रपति पावेलले नयाँ राजदूतलाई स्वागत गर्दै नेपाली राष्ट्रपति र जनताको शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गरेका थिए । उनले राजदूत रुपाखेतीको कार्यकालमा दुवै मुलुकबीचको सम्बन्ध अझ मजबुत हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा चेक उच्च अधिकारीहरूको उपस्थिति थियो । राजदूत रुपाखेती पत्नी डा। इन्दिरा पौड्याल र उपप्रमुख सागरप्रसाद फुयाँलसहित कार्यक्रममा सहभागी भएका थिए । साथै, उनले चेक विदेश मन्त्रालयका अधिकारीहरूसँग आपसी चासोका विषयमा छलफल गरेका थिए ।