२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यसअघिका नाउपा उम्मेदवारसहितका नेता कार्यकर्ता जनमतमा प्रवेश

अ+ अ-

काठमाडौँ। रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता नभएर संकटमा परेको नागरिक उन्मुक्ति पार्टीका प्रभावशाली नेता तथा यसअघि उम्मेदवार बनेर राम्रो मत ल्याएका नेता कार्यकर्ताले पार्टी छाडेर अर्को झट्का थपेका छन् ।

गत प्रतिनिधि सभा निर्वाचनमा रुपन्देही १ मा नाउपाको उम्मेदवार रहेका धनीराम चौधरीसहितका नेता तथा कार्यकर्ताहरूले आइतबार जनमत पार्टीमा प्रवेश गरेका हुन् । रुपन्देही क्षेत्र नं ३ को सियारीका धनीराम अहिले नाउपाबाटै यो क्षेत्रको दावेदारसमेत रहेका थिए ।

आइतबार रुपन्देहीको सियारी गाउँपालिकाको हनैयामा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा सीके राउतले चौधरीलगायतलाई पार्टी प्रवेश गराएका हुन् ।

लुम्बिनी प्रदेश अध्यक्ष राजेन्द्र गुप्ताका अनुसार नवप्रवेशीहरूमा थारु कल्याणकारी एवं थरुहट संघर्ष समितिका प्रदेश सचिव कमल नारायण चौधरी, नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला महिला अध्यक्ष सरस्वती थारु, प्रदेश सदस्य गौरी यादव र केन्द्रीय सदस्य श्रीरामकुमार चौधरी रहेका छन् ।

गत निर्वाचनमा रुपन्देही-१ बाट धनीराम चौधरीले करिब १४ हजार मत प्राप्त गरेका थिए । कार्यक्रममा अध्यक्ष राउतले नवप्रवेशीहरूलाई उचित जिम्मेवारी दिने र राजनीतिक भविष्यको संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे ।

निर्वाचनको मिति नजिकिँदै जाँदा नेताकार्यकर्ताहरू दल परिवर्तनतर्फ लाग्न थालेका छन् ।