१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नेपाल रुबेला-मुक्त देश घोषित, नेपालीका लागि गर्वको विषय हो’: स्वास्थ्यमन्त्री पौडेल

अ+ अ-

काठमाडौँ । जनस्वास्थ्य क्षेत्रमा एक ऐतिहासिक उपलब्धि हासिल गर्दै नेपाल आधिकारिक रूपमा रुबेला-मुक्त देश घोषित भएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठन तथा संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) का प्रतिनिधिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललाई रुबेला निवारणको प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

योसँगै रुबेला निवारण गर्न विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रमा नेपाल छैटौँ राष्ट्र बनेको छ । विश्व स्वास्थ्य संगठनले २०८२ साल भदौ २ गते नेपाल रुबेला रोग निवारण गर्न सफल भएको हो ।

मन्त्री पौडेलले यो घोषणा सम्पूर्ण नेपालीका लागि अत्यन्तै गर्वको विषय भएको बताए। उनले यो उपलब्धिलाई दिगो राख्न र नेपालका बालबालिकाको स्वस्थ भविष्य सुनिश्चित गर्न अन्य खोप–रोकथाम योग्य रोगहरू उन्मूलनतर्फ काम गर्न निरन्तर प्रयासका लागि आह्वान गरे।

उनले भने, “यो हाम्रा स्वास्थ्यकर्मीहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू र आम नागरिकको सक्रिय सहभागिताको अटुट समर्पणको परिणाम हो । नेपाल यो उपलब्धि हासिल गर्ने दक्षिण–पूर्वी एसिया क्षेत्रको छैटौँ देश बनेको छ ।”

स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले नेपालले २०२५ मा रुबेला उन्मूलन गरेर एउटा महत्त्वपूर्ण उपलब्धि हासिल गरेका गरेको बताउँदै अबको लक्ष्य दादुरा उन्मूलन गरिरहेको बताए । “दादुरा निकै छिटो फैलिन्छ । यदि हामीले यसको निगरानी प्रणालीलाई बलियो बनाएर यसलाई उन्मूलन गर्न सक्यौँ भने, त्यही प्रणाली अन्य रोगहरूको नियन्त्रणका लागि पनि उदाहरणीय बन्नेछ”, उनले भने ।

परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले दशकौँको निरन्तर प्रयासपछि यो सफलता प्राप्त भएको विस्तृत जानकारी दिए । उनले यो घोषणा नेपालको राष्ट्रिय खोप कार्यक्रमका लागि एक महत्त्वपूर्ण कोशेढुंगा रहेको बताउँदै सरकारले खोप कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको बताए ।

नेपालका लागि विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. राजेश सम्भाजीराव पान्डवले नेपाल सरकार र साझेदारहरूलाई बधाई दिँदै यो नेपालका लागि गर्वको क्षण र क्षेत्रीय तथा विश्वव्यापी स्वास्थ्यमा एक महत्त्वपूर्ण योगदान रहेको बताए। उनले सफलता निरन्तर उच्च खोप, बलियो निगरानी प्रणाली र प्रकोपको द्रुत प्रतिकार्यबाट सम्भव भएकोमा जोड दिए ।