२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इजरायली सेनाको आक्रमणमा परी ४ पत्रकारसहित कम्तीमा १५ जनाको मृत्यु

अ+ अ-

काठमाडौँ। गाजामा इजरायली सेनाको आक्रमणमा परी सोमबार ४ पत्रकारसहित  कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

गाजापट्टिको दक्षिणी क्षेत्रमा अवस्थित नासेर अस्पताललाई सोमबार इजरायली सेनाले निसाना बनाएको बीबीसीले जनाएको छ ।

गाजामा रहेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा काम गर्दै आएका पत्रकारहरू आक्रमणमा मारिएका हुन् ।

समाचार संस्था रोयटर्सले आफ्ना क्यामेरा पर्सनको मृत्यु भएको पुष्टि गरेको छ । मृतक बाँकी तीन जना पत्रकार अल जजिरा, एसोसिएट प्रेस (एपी) र एनबीसीमा कार्यरत रहेको खुलेको छ ।

हमासले सञ्चालन गरिरहेको नागरिक सुरक्षा समितिका अनुसार सुरुवाती आक्रमणमामा कयौँ मानिस मारिएका थिए । त्यसपछि उद्धारका लागि पुगेको टोलीमाथि पुनः इजरायली सेनाले आक्रमण गर्दा थप मानिसको मृत्यु भयो ।

इजरायली सेना र प्रधानमन्त्री कार्यालयले यसबारे प्रतिक्रिया दिन अस्वीकार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

घटनापछि सार्वजनिक भएका भिडियो फुटेजमा गाजाको दक्षिणी क्षेत्रको मुख्य नासेर अस्पतालमा धुवाँ उडिरहेको देखिन्छ । समाचार संस्था रोयटर्सले आफ्ना क्यामेरा पर्सन हुसाम अल-मसरीको मृत्यु पुष्टि गरेको छ ।

मृत्यु हुने अन्य पत्रकारमा अल जजीरामा कार्यरत मोहम्मद सलामा, एपीमा कार्यरत मरियम अबू दग्गा र अमेरिकी टेलिभिजन एनबीसीमा कार्यरत फोटोग्राफर मोअज अबु तहा रहेका छन् ।

रोयटर्समै काम गर्दै आएका फोटो पत्रकार हतेम खालेद आक्रमणमा परेर घाइते भएका छन् । उनी अस्पतालमा भएको दोस्रो आक्रमणमा परेर घाइते भएका अधिकारीहरूलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ ।

दुई हप्ताअघि मात्रै पनि गाजा सिटीको अल-शिफा अस्पताल नजिकै इजरायली सेनाले गरेको आक्रमणमा परेर ६ जना पत्रकारको मृत्यु भएको थियो ।  जसमा ४ जना अल जजीरामा कार्यरत पत्रकार थिए ।

संयुक्त राष्ट्रको मानवअधिकार कार्यालयले आक्रमणको निन्दा गर्दै अन्तर्राष्ट्रिय कानूनको गम्भीर उल्लंघन भनेको छ ।