काठमाडौँ । आधा दर्जन उपसचिवहरूको सरुवा गरिएको छ । गृह मन्त्रालयले उपसचिवहरू चोमेन्द्र न्यौपानेलाई कारागार विभाग, कल्पना घिमिरेलाई कसुरजन्य विभाग, बाबुलाल रेग्मीलाई कारागार कार्यालय पर्सा, खिमलाल भुसाललाई जिल्ला प्रशासन कार्यालय मकवानपुर सरुवा गरिएको छ ।
यसैगरी उपसचिव द्वय तेजराज शर्मालाई रामेछापको सहायक प्रमुख जिल्ला अधिकारी र गंगाबहादुर क्षेत्रीलाई पर्वतको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।







