२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विराट सहकारी खारेज गर्न माग

अ+ अ-

काठमाडौँ। रुपन्देहीको रोहिणी गाउँपालिका-२ स्थित विराट कृषि सहकारी संस्था लि. मलखाद भण्डारण तथा वितरण केन्द्रका सञ्चालकहरूले मलखाद वितरण कार्यमा अनियमितता र अपारदर्शिता गरिरहेको भन्दै स्थानीयले उक्त सहकारी खारेजको माग गरेका छन् ।

बुधवार रोहिणी गाउँपालिकालाई ज्ञापन पत्र बुझाउँदै उनीहरूले मल वितरण समानुपातिक रूपमा नगरी शेयर सदस्यलाई मात्र दिने, रातीको समयमा बोलाई आफूखुसी मनोमानी ढंगले वितरण गरेको आरोप लगाएका हुन् ।

मल ल्याई १५ दिनसम्म गोदामै थन्काउने कार्य गरी किसानलाई दुःख दिने कार्य भइरहेकोले उक्त सहकारी संस्था खारेज गर्नुपर्ने रोहिणी-२ का विनय कुमार यादवले बताए । उनले मल वितरणको वैकल्पिक व्यवस्था मिलाउनका लागि पहल गरिदिन समेत गाउँपालिकालाई आग्रह गरे ।

ज्ञापन पत्र बुझेपछि गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले आफू किसानको समस्या समाधान गर्न लागिपरेको बताए । उनले नियमसंगत रूपमा नै सहकारीले बनाएको किसान कार्ड भएका किसानलाई गाउँपालिकाको अगुवाइमा सोमबार मल वितरण गरिएको दाबी गरे ।

अध्यक्ष यादवले स्थानीयको माग बमोजिम मल सम्बन्धी समस्या समाधानका लागि गाउँपालिका अघि बढेको जानकारी दिए ।