२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री न्यौपानेको दाबी : ‘देशभरका गाउँपालिका र नगरपालिकालाई ‘निमित्त विहीन’ बनाइयो’

अ+ अ-

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले देशभरका गाउँपालिका र नगरपालिकालाई ‘निमित्त विहीन’ बनाइएको घोषणा गरेकी छिन्।

मन्त्री न्यौपानेले सामाजिक सञ्जालमा केही मिनेटअघि स्टाटसमा लेखेकी छिन्, “आजबाट देशभरिका गाउँपालिका र नगरपालिकालाई निमित्त विहीन बनाइएको जानकारी गर्दछु।”

उनले आफू कार्यभार सम्हाल्दा देशभरका ७५३ मध्ये करिब २०० पालिकामा प्रमुख प्रशासकीय अधिकृतहरू केवल ‘निमित्त’मा कार्यरत रहेको उल्लेख गर्दै आफूले ती पालिकालाई निमित्त विहीन बनाएको बताएकी हुन्।

जिम्मेवारी पाउने कर्मचारी मित्रहरूलाई हार्दिक बधाईसमेत दिँदै उनले कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी उच्च दक्षता र इमानदारीसाथ निर्वाह गर्न र पालिका प्रमुख तथा जनप्रतिनिधिहरूलाई प्रमुख प्रशासकीय अधिकृतको क्षमताअनुसार काम गराउन आग्रह गरेकी छिन्।

मन्त्री न्यौपानेले थपेकी छिन्, उपमहानगर तथा महानगरपालिकालाई पनि क्रमशस् ‘निमित्त विहीन’ बनाउने प्रक्रिया अघि बढाइनेछ।

आम जनताको हितमा काम गरिएको बताउँदै मन्त्री न्यौपानेले यो स्ट्याटस राख्दा कर्मचारी खटाएको सूची भने सार्वजनिक गरिएको छैन। यो समाचार तयार पार्दासम्म पनि उनले दाबी गरिएको गाउँपालिका र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको सूची मन्त्रालयको वेबसाइटमा उपलब्ध छैन।

सरुवा टुङ्ग्याउने भन्दै अबेर रातिसम्म मन्त्रालयमा प्रशासन महाशाखा लगायतका कर्मचारीहरू बसिरहेको समाचार यसअघि नै प्रशासन डटकमले प्रकाशित गरेको थियो।