काठमाडौँ । एक सय २२ जना उपसचिवहरूको सरुवा गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिवहरूलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत बनाई पठाइएको छ ।
बिहीबार गरिएको सरुवामा एक सय २२ जना मध्ये एक सय २१ जनालाई विभिन्न नगरपालिकाहरूको प्रमुख प्रशासकीय अधिकृत बनाई पठाइएको छ ।







