२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मधेस प्रदेश सभाको बैठक आज दोस्रो दिन पनि स्थगित

अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलको विरोधका कारण मधेस प्रदेश सभाको आज दोस्रो दिनको बैठक पनि सुरु भएको केही समयमै स्थगित गरिएको छ ।

आज दिउँसो बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सदस्यहरूले विरोध जनाएका थिए । त्यसपछि सभामुख रामचन्द्र मण्डलले नेकपा (माओवादी केन्द्र) का जवाहरलाल कुशवाहालाई बोल्ने समय दिए । कुशवाहाले अर्थमन्त्रीले त्रुटिपूर्ण बजेट ल्याएको र बहुमतले पास गरिएको भन्दै अर्थमन्त्री सुनिलप्रसाद साहको राजीनामा माग गरे । उनले अर्थमन्त्रीको राजीनामा नआएसम्म सदनमा अवरोध जारी रहने बताए ।  

लगत्तै नेपाली काँग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले प्रतिपक्षीको भनाइको प्रतिवाद गरे । सर्वदलीय बैठकमा नआउने र सदनमा अवरुद्ध जारी राख्ने कार्य गलत भएको उनको भनाइ थियो ।

त्यसपछि सभामुख मण्डलले प्रदेशसभा बैठक अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगित भएको घोषणा गरे ।

प्रतिपक्षी दलहरूले दुई दिनदेखि सभामुखले बोलाएको सर्वदलीय बैठकसमेत बहिष्कार गर्दै आएका छन् । 

जनता समाजवादी पार्टी  (जसपा) नेपाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल संघीय समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्यहरूले बैठक अवरुद्ध गर्दै आएका हुन् ।