२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सोबिता गौतमलाई संविधानबारे संसदमा बहस गर्न काँग्रेस सांसद थिङको चुनौती

अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसकी सांसद सुशीला थिङले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमलाई संविधानबारे संसदमा बहस गर्न चुनौती दिएकी छिन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद थिङले यस्तो चुनौती दिएकी हुन् ।

सांसद गौतमले केही दिनअघि चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै संविधानबारे ज्ञान नभएकाहरू आफूलाई विधायिका भनेर घमण्ड गर्ने गरेको टिप्पणी गरेकी थिइन् ।

‘एकजना सम्मानित सांसद ज्यूले तिज विशेष कार्यक्रममा चितवनमा बोलेको भनाइप्रति खण्डन गर्न चाहन्छु । उहाँ कानुनको विद्यार्थी पनि हुनुहुन्छ,’ थिङले भनिन्, ‘उहाँले संसद्का ठूला नेताहरू, सांसदहरू संविधान र कानुनको ज्ञान भएका व्यक्ति छैनन् । रवि लामिछानेलाई कानुनको दुरुपयोग गरेर थुनेर राख्नुभएको छ, सदनमा बसेका सांसदहरूको संविधानसम्बन्धी ज्ञान नभएका व्यक्तिहरू विधायिका हुँ भनेर बसिरहेका छन् भनेर अभिव्यक्ति दिनुभयो । म यसको घोर भर्त्सना गर्न चाहन्छु ।’

सांसद थिङले संसद्लाई बहिस्कार गरेर जाने नभई संसदभित्रै आवश्यक छलफल र बहस गरेर कसको ज्ञान कति भन्ने छिनोफानो गर्नुपर्ने टिप्पणी गरिन् ।

संसदबाहिर गएर सांसदहरूको अपमान गरेर बोल्ने अधिकार कसले दियो ? भन्दै सांसद गौतमलाई प्रश्न समेत गरिन् ।

‘उहाँलाई संविधानको ज्ञान रहेछ । यस संविधानमा संसद बहिस्कार गरेर बाहिर जाने होइन । यही बहस गरौँ, छलफल गरौँ । कसलाई संविधानसम्बन्धी कति ज्ञान रहेछ नापौँ, जोखौँ, छिनोफानो गरौँ,’ उनले भनिन्, ‘सदनबाहिर गएर फ्याउरो जसरी कराएर सदनमा सांसदहरूको अपमान हुने गरी बोल्ने अधिकार उहाँ (सोबिता गौतम) लाई कसले दियो ? म उहाँलाई प्रश्न गर्न चाहन्छु ।’

आफूहरू बैठक बहिस्कार गर्दै भत्ता बुझिरहेकाहरूले अरूलाई नैतिकताको पाठ सिकाउने कार्य सही नभएको तर्क पनि गरिन् ।