२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शंकर पोखरेलले भने-‘पार्टीको नीति राष्ट्रको नीति बनाउन सकेमात्र निर्णायक शक्ति बन्नेछ’

अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको नीति राष्ट्रको नीति बनाउने सकेमात्र पार्टी निर्णायक शक्ति बन्ने बताएका छन् । 

एमाले पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेलले लेखेको ‘कम्युनिष्ट पार्टी निर्माणका आधार’ पुस्तकको आज यहाँ पार्टी केन्द्रीय कार्यालय, च्यासल ललितपुरमा विमोचन गर्दै उनले पार्टीलाई निर्णायक शक्ति बनाउन हरेक तहका सरकारको नेतृत्व पार्टीले गर्नुपर्ने अवस्था निर्माण गरिनुपर्ने बताए । 

महासचिव पोखरेलले भने,“त्यो भनेको हरेक तहका कार्यकारी सरकारको नेतृत्व गर्ने सामर्थ्य निर्माण गर्नु हो । जब एमालेको नीतिलाई राष्ट्रको नीति बनाउने सामर्थ्य निर्माण हुन्छ, तब एमाले निर्णायक शक्ति बन्दछ । यसका पार्टीलाई बलियो बनाउन लाग्नुको विकल्प छैन ।”

उनले हाल पार्टीले सरकारको नेतृत्व गरिरहे पनि आफ्नो नीतिलाई राष्ट्रको नीति बनाउने एकल सामर्थ्यको अवस्था नरहेको बताए । 

अब पार्टीको वर्ग संघर्ष चुनावमा केन्द्रित हुनुपर्ने महासचिव पोखरेलको भनाइ थियो । “हाम्रो वर्ग संघर्ष केन्द्रीय निर्वाचनमा सफलता प्राप्त गर्नु हो । हाल चुनावलाई वर्ग संघर्ष र राजनीतिक संघर्षको माध्यमका रूपमा बुझ्न छाडेका छौँ”, उनले भने, “पछिल्लो समय निर्वाचनलाई अवसर प्राप्तिका लागि र विगतमा आफूले प्राप्त गरेका योगदानको सम्मानका रूपमा मात्र लिन थालेका छौँ ।”

दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकता पार्टी निर्माणका समस्या रहेको भन्दै महासचिव पोखरेलले तिनलाई पराजित गर्न सकेमात्र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार तयार गर्ने राजनीतिक कार्यदिशा हासिल गर्न सकिने धारणा राखे । उनले दोस्रो विधान महाधिवेशनले पार्टीलाई थप एकताबद्ध र सुदृढ गर्ने बताए ।

कार्यक्रममा एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले पुस्तकमा लेखक तथा नेता पोखरेलले कम्युनिष्ट पार्टी निर्माण गर्ने कुरालाई उल्लेख गर्नुभएको बताए । उनले पुस्तकले पार्टी निर्माणमा लाग्न कार्यकर्तालाई अभिप्रेरित गरेको बताए ।

पुस्तकका लेखक नेता पोखरेलले पुस्तकमा १४ वटा खण्ड रहेकामा त्यसमध्ये १२ वटा खण्डमा कम्युनिष्ट पार्टी निर्माण र दुई खण्डमा समसामयिक विषय लेखिएको बताए ।