काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई सांघाई सहयोग संगठन (एससीओ) को पूर्ण सदस्य बनाउन प्रस्ताव गरेका छन् ।
चीनको तियान्जिनमा आयोजित एससीओको प्लसको बैठकमा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई डाइलग पार्टनरबाट अब सदस्यको रूपमा अपग्रेड गर्न अनुरोध गरेका हुन्।
उनले यसका लागि नेपाल आशावादी रहेको उल्लेख गरेका छन् । नेपाल सन् २०१६ बाट एससीओको डाइलग पार्टनर छ ।
‘हामीलाई अहिले अझ एकीकृत, अझ समाहित र लचिलो एससीओको खाँचो छ, ‘प्रधानमन्त्री ओलीले भने,’ गहिरिँदै गएका भूराजनीतिक, आर्थिक र पारिस्थितिक संकटहरूलाई सामूहिक रूपमा सामना गर्नुपर्छ । नेपाल सन् २०१६ देखि एससीओको डायलग पार्टनर छ । अब पूरा सदस्यता प्राप्त गर्ने आशा राख्दछ ।’







