२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कञ्चनपुरमा सशस्त्र प्रहरीका दुई बीओपीसहित ५२ घर डुबानमा

अ+ अ-

काठमाडौँ । आइतरबारदेखिको निरन्तर वर्षाले कञ्चनपुरको दोधारा चाँदनीमा ५२ घर र सशस्त्र प्रहरीका दुई वटा बिओपी डुबानमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सागर बोहराका अनुसार दोधारा चाँदनी नगरपालिका-८ स्थित रामपुरे टापु र गर्जा टोलमा जोगबुढा नदीको पानी पस्दा २५ घर डुबानमा परेका छन् । डुबानमा परेका २५ घरपरिवारका ७० जनालाई नजिकैको जनज्योति माविमा सारिएको छ । 

त्यसैगरी दोधारा चाँदनी नगरपालिका-३ स्थित पटराखल्लामा जोगबुढा नदीको बाँध भत्किएर बाढी बस्तीमा पस्दा १५ घर डुबानमा परेका छन् । डुबानमा परेका १५ घरपरिवारका ५५ जनालाई सरसामान र चौपायासहित नजिकैको जमुना आधारभूत विद्यालय जमुनाघाडीमा सारिएको छ । वडा नं १० शान्तिनगरका डुबानमा परेका १२ घरपरिवारका ४० जनालाई वडा-९ स्थित अम्बिका माध्यमिक विद्यालयमा सारिएको छ । 

त्यसैगरी दोधारा चाँदनी नगरपालिका-१० र ७ स्थित सशस्त्र प्रहरीको बिओपी समेत डुबानमा परेको प्रवक्ता बोहराले जानकारी दिए । उनका अनुसार वडा नं १० स्थित सुन्दरनगरमा रहेको बिओपी जोगबुढा नदीको पानी पस्दा डुबानमा परेको छ । उक्त बिओपीमा कार्यरत २३ सशस्त्र प्रहरीलाई ओमकार आधारभूत विद्यालयमा राखिएको छ ।  वडा नं ७ स्थित कञ्जभोजमा रहेको सशस्त्र प्रहरीको  बिओपी समेत डुबानमा परेको प्रहरीले जनाएको छ । उक्त बिओपीका कार्यरत ३० जना सशस्त्र प्रहरीलाई सहरी खोप केन्द्रको भवनमा राखिएको सारिएको छ । 

“बाढीले ५२ घर डुबानमा परेका छन् उक्त घरपरिवारका १६५ जनालाई सुरक्षित स्थानमा राखिएको छ”, प्रवक्ता बोहराले भने, “महाकाली नदीमा पानीको सतह निरन्तर बढिरहेको छ  ।” उनका अनुसार महाकाली नदीमा पानीको सतह बढेर दुई लाख ७१० क्युसेक पुगेको छ । जल तथा मौसम विज्ञान विभागले महाकाली नदीको जलसतह सतर्कता तह पार गरेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले सुचना जारी गर्दै महाकाली नदीको डडेल्धुरास्थित पारि-गाउँ बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह (६.८ मि) पार गरेको जनाएको छ । जलसतह बढेसँगै भारतीय पक्षले शारदा ब्यारेजमा चारपाङ्ग्रे र तीन पाङ्ग्रे सवारीसाधन आवागमन रोक लगाएको छ । 

डुबान प्रभावित क्षेत्रमा अनुगमन तथा उद्धारमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख खड्कबहादुर खत्रीको कमाण्डमा प्रहरी टोली खटिएको छ ।