काठमाडौँ । निजामती सेवाका कर्मचारीले अब लोक सेवा आयोग वा कुनै पनि सार्वजनिक निकायमार्फत सञ्चालन हुने प्रतियोगितात्मक परीक्षाको तयारी प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिन नपाउने भएका छन्।
संघीय निजामती सेवा विधेयकको दफा ८२ को उपदफा ३ अनुशार उपदफा (२) को खण्ड (घ) मा जुनसुकै कुरा लेखिएको भए पनि यस्तो प्रकारका तयारी कक्षामा निजामती कर्मचारीले संलग्न हुन नपाउने स्पष्ट गरिएको छ।
यसअघि प्रतिनिधि सभाले पठाएको प्रतिवेदनमा उल्लेख गरिएकै व्यवस्था अनुशार कर्मचारीले कुनै पनि अवस्थामा लोक सेवा तयारी प्रशिक्षण दिन नपाउने व्यवस्था कायम राखेको हो।
*यसअघिको समाचार नपाउने हुनुपर्नेमा पाउने हुन गएकोले सच्याइएको छ ।







